Headline

फुटबल टोलीले सुरु गर्यो प्रशिक्षण (फोटो फिचर)

Published

on

बंगलादेशसँग खेल्ने दुई मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले बिहिवारदेखि प्रशिक्षण सुरु गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मैत्रीपूर्ण खेलका लागि बोलाएको ३५ जना खेलाडी सहितको टोलीले दशरथ रंगशालामा प्रशिक्षण सुरु गरेको हो ।

नेपालका मुख्य प्रशिक्षक योहान कालिन अहिलेको अवस्थामा नेपाल आउन सम्भब नभए पछि सोमबार एन्फाले बालगोपाल महर्जनलाई प्रशिक्षक नियुक्त गरिसकेको छ । त्यस्तै एन्फाले किरण श्रेष्ठलाई सहायक प्रशिक्षक र विकास मल्ललाई गोलकिपर प्रशिक्षक पनि नियुक्त गरेको छ । बालगोपालको प्रशिक्षणमा नेपालले दक्षिण एसियाली खेलकुद अन्तर्गत साग फुटबलमा स्वर्ण पदक तथा बंगलादेशमा २०१६ मा बंगबन्धुको उपाधि हात पारेको थियो ।

नेपालले बंगलादेशसँग ढाकामा यहि नोभेम्बर १३ र १७ तारिखमा दुई मैत्रीपूर्ण खेल खेल्ने छ । नेपाली टोली नोभेम्बर ५ तारिखमा ढाका जाने कार्यक्रम रहेको छ ।

प्रशिक्षणमा रहेका खेलाडीहरु :-अभिषेक रिजाल, बिशाल श्रेष्ठ, देबेन्द्र तामाङ, सुजल श्रेष्ठ, बिशाल राई, रञ्‍जित धिमाल, विकेश कुथु, सुमन अर्याल, नवयुग श्रेष्ठ, सेशेहाङ आङदेम्बे लिम्बु, जर्ज प्रिन्स कार्की, विकास खवास, सरोज दाहाल, अमित तामाङ, सुबाश गुरुङ, तेज तामाङ, अजित भण्डारी, रवि पासवान, सुनिल बल, छिरिङ गुरुङ, आशिष लामा, अनन्त तामाङ, बिक्रम लामा, मिक्चेन तामाङ, दिलेन लोक्तान, अन्जन बिष्ट, पुजन उपरकोटी, बिमल राना, भरत खवास, दिप कार्की, एरिक बिष्ट, दर्शन गुरुङ, रोहित चन्द र किरण लिम्बु

फोटो : विवेक सुबेदी, एन्फा

Click to comment

Trending