Headline

‘यो हाम्रो सिजनकै उत्कृष्ट खेल हो’

Published

on

बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोमनले च्याम्पियन्स लिग अन्तर्गत युभेन्टसलाई २-० ले हराए पछि उक्त खेल बार्सिलोनाको सिजनकै उत्कृष्ट खेल भएको बताएका छन् ।

एल क्लासिकोमा रियल म्याड्रिडसँग आफ्नै मैदानमा पराजित भए पनि युभेन्टसलाई हराएको बार्सिलोनाका लागि ओस्मान डेम्बेले र लियोनल मेस्सीले एक-एक गोल गरेका थिए ।

क्रिष्चियानो रोनाल्डोको अनुपस्थितिमा खेलेको युभेन्टसले खेल भरी एक प्रहार पनि फ्रेममा राख्न सकेको थिएन । बार्सिलोनाको अगाडि युभेन्टस फिक्का देखिएको थियो ।

“यो हाम्रो सिजनकै उत्कृष्ट खेल हो” कोमनले भने । “युरोपको एउटा राम्रो टोलीसँग हामीले उत्कृष्ट प्रदर्शन देखायौ र धेरै पछि हामीले देखाउन चाहेको जस्तो फुटबल खेल्यौँ,”

“मलाई चार जाना डिफेन्डर मद्धे तीन तल र एक जना माथि जादै मिड्फिल्डमा एक जना खेलाएको थिए जस्ले गर्दा हामीले धेरै गोल गर्ने मौकाहरु पनि पायौँ,”

“म मेरो टोली देखी निकै खुशी छु, हामीलाई चाहेको फुटबल यही हो,” कोमनले थपे ।

बार्सिलोनाले खेल भरी युभेन्टस भदा २२७ पास बढी खेलेको थियो भने ५९ प्रतिसत बल पोजिसन पनि आफु राखेको थियो ।

Click to comment

Trending