Headline

नेपाली फुटबल टोलीको प्रशिक्षण आजबाट दशरथ रंगशालामा

Published

on

नेपालले बंगलादेशसँग खेल्ने दुई मैत्रीपूर्ण खेलको तयारीका लागि राष्ट्रिय फुटबल टोलीले बिहिबारदेखि प्रशिक्षण शुरु गर्ने भएको छ ।

दशरथ रंगशालामा सुरु हुने प्रशिक्षणमा टोली बाहेक अन्यलाई भित्र छिर्न अनुमति नदिने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय टोलीको प्रशिक्षणमा पत्रकार तथा फोटो पत्रकारलाई पनि फोटो खिच्न, भिडियो खिच्न र समाचार संकलन गर्नका लागि रोक लगाउने भएको छ ।

एन्फाले यस अघि हुने भनिएको विश्वकप र एसिया कप छनोटका लागि बोलाएको टोलीलाई नै मैत्रीपूर्ण खेलका लागि बोलाएको छ । नेपालका मुख्य प्रशिक्षक योहान कालिन अहिलेको अवस्थामा नेपाल आउन सम्भब नभए पछि सोमबार मात्र एन्फाले बालगोपाल महर्जनलाई प्रशिक्षक नियुक्त गरेको थियो ।

त्यस्तै एन्फाले किरण श्रेष्ठलाई सहायक प्रशिक्षक र विकास मल्ललाई गोलकिपर प्रशिक्षक पनि नियुक्त गरेको छ । बालगोपालको प्रशिक्षणमा नेपालले झण्डै एक बर्ष अगाडी दक्षिण एसियाली खेलकुद पुरुष फुटबलमा स्वर्ण पदक र बंगलादेशमा २०१६ मा बंगबन्धु गोल्डकपको उपाधि हात पारेको थियो ।

नेपालले बंगलादेशसँग ढाकामा यहि नोभेम्बर १३ र १७ तारिखमा दुई मैत्रीपूर्ण खेल खेल्ने तय भएको हो । नेपाली टोली नोभेम्बर ५ मा ढाकाको लागि उड्ने छ ।

Click to comment

Trending