IPL

बेंगलोर पहिले ब्याटिङ गर्दै 

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत ४८ औं खेलमा मुम्बई इन्डियन्स विरुद्ध रोयल च्यालेन्जर्स बेंगलोरले पहिले ब्याटिङ गर्ने भएको छ । शेख जायद रंगशाला, अबुधबीमा मुम्बईले टस जितेर बेंगलोरलाई ब्याटिङ गर्न लगाएको हो ।

आजको खेलमा मुम्बईले आफ्नो टोलीमा कुनै पनि परिवर्तन गरेको छैन भने बेंगलोरले तीन परिवर्तन गरेको छ । बेंगलोरका तिब्र गतिका बलर डेल स्टेनले सुरुवाती ११ मा स्थान बनाउँदा आरोन फ़िञ्च टोली बाहिर रहेका छन् । त्यस्तै जश फिलिप्पे र सौरभ दुबेले टोलीमा स्थान बनाएका छन् ।
मुम्बईका कप्तान रोहित शर्मा यस अघिका दुई खेलमा चोटका कारण खेल्न सकेका थिएनन् भने आज पनि खेल्ने नखेल्ने भएका छन् । उनको स्थानमा काइरन पोलार्डले नै कप्तानी सम्हाल्ने छन् ।

मुम्बई र बेंगलोर अंक तालिकामा क्रमश पहिलो र दोश्रो स्थानमा रहेका छन् । समान ११-११ खेल खेल्दै ७-७ जित र ४-४ हारका साथ दुबै टोलीको समान १४-१४ अंक रहे पनि मुम्बई नेट रन रेटका आधारमा पहिलो र बेंगलोर दोश्रो स्थानमा रहन गएका हुन् ।

आजको खेलमा जित हात पार्ने टोलीले अंक तालिकामा शिर्ष स्थानमा पकड जमाउनुको साथ साथै प्ले अफमा पुग्ने छ । हुन त अझै पनि पाँच टोलीले १६ अंक बटुल्दै शिर्ष स्थानमा पुग्ने र प्ले अफमा स्थान जमाउने सम्भावना बाँकी नै रहेको छ । तर पनि आजको खेलमा जित निकाल्न सक्ने टोलीले लगभग प्लेअफमा स्थान जमाउन सक्ने छ ।

यस अघि भएको पहिलो लेगमा बेंगलोरले मुम्बईलाई सुपर ओभरमा पराजित गर्दै दुई अंक बटुल्न सफल भएको थियो । पहिले ब्याटिङ गरेको बेंगलोरले २० ओभरमा तीन विकेट गुमाएर २०१ रन बनायो भने जवाफी ब्याटिङ गरेको मुम्बईले पुरै २० ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा २०१ रन बनाए पछि खेल बराबरी हुँदै सुपर ओभरमा पुगेको थियो ।

Click to comment

Trending