Headline

१ सय मिटरका बिश्व बिजेता कोलम्यान दुई बर्षको प्रतिबन्धमा

Published

on

बिश्व १ सय मिटर च्याम्पियन क्रिष्चियन कोलम्यानले तीन पटक डोपिङ्ग परिक्षण छुट्टाएपछि दुई बर्षको प्रतिबन्धमा परेका छन् ।

२४ बर्षिय अमेरिकन धावक कोलम्यानको प्रतिबन्ध मे १४, २०२० देखि कायम भएको कारण उनले कोरोना भाइरसले गर्दा २०२१ का लागि स्थगित भएको टोकियो ओलम्पिक्स पनि गुमाउने भएका छन् । कोलम्यानले कतारको दोहामा २०१९ मा भएको बिश्व एथ्लेटिक्स च्याम्पियनशिपमा १ सय मिटर दौडमा स्वर्ण पटक जितेका थिए ।

एथ्लेटिक्स इन्टिग्रिटी युनिटले लगाएको प्रतिबन्धबिरुद्ध ६० मिटर इन्डोर बिश्व किर्तिमान धावक कोलम्यानले बिश्व खेलकुदको उच्च अदालत कोर्ट अफ आर्बिट्रेसन अफ स्पोर्ट्स (सिएएस) मा अपिल गर्ने उनका प्रतिनीधि इमानुएल हड्सनले बताएका छन् ।

दुई पटकका बिश्व बिजेता कोलम्यानले ३० दिन भित्र सिएसमा अपिल गर्नु पर्नेछ । दोहामा १ सय मिटर रिलेमा पनि स्वर्ण जितेका कोलम्यानलाई जमइकन धावक युसेन बोल्टको उत्तराधिकारीको रुपमा पनि हेर्ने गरिएको छ । अमेरिकाले उनीबाट ओलम्पिक्समा निकै ठूलो आशा राखेको थियो ।

डिसेम्बर २०१९ मा आफ्नो तेश्रो परिक्षण गुमाएपछि कोलम्यानलाई जुनमा प्रतिबन्ध लगाइएको थियो । एक बर्षको अवधिमा कुनै पनि अन्तर्राष्ट्रिय धावकले तीन परिक्षण छुट्टाउने हो भने दुई बर्षको प्रतिबन्ध लगाइने प्रावधान रहदै आएको छ ।

जनवरी १६ २०१९ को परिक्षणमा सहभागी नभएका कोलम्यानले दोश्रो र तेश्रो परिक्षण कारणवश नगरेको बताउदै आएका छन् ।

Click to comment

Trending