अन्तर्राष्ट्रिय

डि भिलियर्स बिग ब्यास लिग नखेल्ने, मुजिब यस पटक पनि ब्रिस्बेनमा

Published

on

दक्षिण अफ्रिकाका पुर्व कप्तान एबी डि भिलियर्सले यस सिजनको बिग ब्यास लिग नखेल्ने भएका छन् । डि भिलियर्स बिग ब्यास कै समयमा तेश्रो सन्तानको पर्खाइमा रहेका छन् ।

त्यस्तै कोरोना भाइरसका कारण पालना गर्न पर्ने नियमका कारण पनि उनले बिग ब्यास नखेल्ने भएका हुन् । यदि डि भिलियर्स आफ्नो सन्तानको जन्म पछि अस्ट्रेलिया आउने भए भने होटलको बन्द कोठामा १४ दिन क्वारेन्टिनमा बिताउन पर्ने हुन्छ ।

गत सिजन ब्रिस्बेन हिटबाट खेलेका डि भिलियर्सले छ खेल मात्र खेलेका थिए । छ खेलमा उनले २४ दशमलब ३३ को औषतमा एक सय ४६ रन बनाएका थिए ।

‘सुरुमा डि भिलियर्स हाम्रो टोलीबाट खेल्ने तय भएको थियो । तर कोरनाका कारण सबै योजना परिवर्तन हुने भएको छ,’ ब्रिस्बेनका प्रशिक्षक ड्यारेन लेम्यानले भने । ‘हामी उनको लागि निकै खुशी छौं । हामी अझै पनि समय अनुकुल बन्ला भन्ने आशामा छौँ । आईपीएलमा पनि उनको प्रदर्शन निकै राम्रो छ । उनी यस्ता खेलाडी हुन् जो हाम्रो टोलीसँग रहिरहुन् भन्ने हो ।’

त्यस्तै अफगानिस्तानका मिस्ट्री बलर मुजिब उर रहमान लगातार तेश्रो बर्ष ब्रिस्बेनमा आबद्ध भएका छन् । हाल उनी आईपीएलमा किंग्स ११ पन्जाबमा आबद्ध छन् । यस सिजन उनले दुई खेलमा भन्दा खेल्ने मौका भने पाएका छैनन् । तर उनले आईपीएल अघि सम्पन्न भएको क्यारेबियन प्रिमियर लिग (सिपीएल) मा भने पाँच दशमलब २९ प्रति ओभर र १३ दशमलब ५६ को औषतमा १६ विकेट हात पारेका थिए ।

Click to comment

Trending