Headline

च्याम्पियन्स लिग: रोनाल्डो बिना बार्सिलोना विरुद्ध खेल्दै युभेन्टस

Published

on

रियल म्याड्रिड छोडेको दुई बर्ष पछि मेस्सी भर्सेस रोनाल्डो फेरी हेर्न समर्थकहरुले अझै केही समय कुर्नु पर्ने भएको छ । लगातार तीन पटकको परीक्षणमा पनि कोरोना पोजेटिभ देखिए पछि रोनाल्डो साताकै ठुलो खेलमा युभेन्टसले बार्सिलोना विरुद्ध खेल्दा मैदान बाहिर रहने भएका हुन् ।

युएफाको प्रोटोकोल अनुसार खेल हुनु भन्दा २४ घण्टा अगाडि नतिजा नेगेटिभ नआएको खण्डमा खेलाडीले खेल गुमाउनु पर्ने नियम रहेको छ ।

यस पुस्ताका दुई महान खेलाडीको भिडन्तलाई एउटा भाईरसले रोक्ला भनेर कसैले नसोचेको अवस्थामा युभेन्टसले बार्सिलोनालाई टुरिनमा स्वागत गर्दै छ ।

च्याम्पियन्स लिगमा आजको खेल युभेन्टस र बार्सिलोनाको १४ औँ भिडन्त हुने छ । आफ्नो घरमा बर्सिलोनासँग पाँच खेलमा अपराजित रहेको युभेन्टसले लगतार १० खेलमा अपराजित रहेको बार्सिलोनासँग खेल्दा आफ्नो स्टार खेलाडीलाई गुमाउनु निकै दु:खद कुरा हो ।

युभेन्टसमा रोनाल्डोको अनुपास्थितीमा सबैको आँखा पाउलो डिबालामा हुने छ भने यता बार्सिलोनामा सर्वकालिन महान खेलाडी मेस्सीको नेतृत्वमा उत्रिने छ ।

खेल नेपाली समय अनुसार १:४५ मा सुरु हुने छ ।

यस्तै अन्य खेलहरुमा चेल्सीले रसियन टोली क्रसनोडार र इस्तनाबुल बशिकशेरले पेरिज सेन्ट जर्माइनसँग नेपाली समय अनुसार ११:४० मा भिड्दै छ ।

नेपाली समय अनुसार १:४० मा सुरु हुने अन्य खेलहरुमा भने क्लब बर्गले लाजियो,म्यानचेस्टर युनाइटेडले आरबी लाइपजिग,बोरुसिया डर्टमुण्डले सेन्ट जेनिट पिटर्सबर्ग र सेभियाले रेनेसको सामना गर्ने छ ।

Click to comment

Trending