Headline

भारत र अष्ट्रेलियाबिच नोभेम्बरदेखि हुने तीन सिरिजको तालिका सार्वजनिक

Published

on

क्रिकेट अष्ट्रेलियाले भारतले नोभेम्बरमा गर्न गइरहेको भ्रमणको तालिका सार्वजकि गरेको छ । कोरोना भाइरस संक्रमणका कारण क्रिकेट ठप्प भएपछि भारतले पहिलो अन्तर्राष्ट्रिय खेल्न गइरहेको हो ।

विराट कोहली नेतृत्वको टोलीले अष्ट्रेलियामा तीन एकदिवसीय अन्तर्राष्ट्रिय, तीन ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय र चार म्याचको टेस्ट श्रंखला खेल्नेछ । भारतको भ्रमण नोभेम्बर २७ मा हुने पहिलो एकदिवसीयबाट शुरु हुनेछ ।

दोश्रो एकदिवसीय पनि सिड्नीमै नोभेम्बर २९ मा हुनेछ भने डिसेम्बर २ मा हुने तेश्रो खेल मनुका ओभलमा हुनेछ । यस्तै पहिलो ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रिय मनुका ओभलमै डिसेम्बर ४ मा हुनेछ । सिड्नीमा डेसेम्बर ६ र ८ मा दोश्रो र तेश्रो ट्वान्टी ट्वान्टी खेलहरु हुनेछन् ।

यस्तै दुई टोलीबीचको टेस्ट श्रंखला डिसेम्बर १७ देखि २१ सम्म एडिलेड ओभलमा हुनेछ । उक्त टेस्ट डे नाइटको रुपमा रहनेछ । मेलबर्न क्रिकेट ग्राउण्डमा दोश्रो टेस्ट डिसेम्बर २६ देखि ३० सम्म हुनेछ भने ८ दिनको बिश्रामपछि २०२१ जनवरी ७ देखि ११ सम्म सिड्नीमा तेश्रो टेस्टको आयोजना हनेछ ।

अन्तिम टेस्ट गाबामा जनवरी १५ देखि १९ सम्म खेलाइनेछ ।

Click to comment

Trending