Headline

च्याम्पियन्स लिग: रियल म्याड्रिडको संघर्षपूर्ण बराबरी,बायर्नको बिजयी यात्रा कायमै

Published

on

च्याम्पियन्स लिग २०२०/२०२१ अन्तर्गत समुह चरणको दोस्रो खेलमा रियल म्याड्रिड बोरुसिया मोइन्चेनग्लाड्ब्याचसँग २-२ को संघर्षपूर्ण बराबरी खेलेको छ । लगतार दोस्रो खेलमा पनि जित निकाल्न नसकेको १३ पटकको च्यामपियन्स लिग बिजेता रियलको खराब सुरुवात हो ।

मोइन्चेनग्लाड्ब्याचका लागि दुवै गोल स्ट्राइकर मर्कस थुरामले गरेका थिए । रियलको कमब्याकमा भने कारीम बेन्जेमा र कसिमेरोले एक-एक गोल गरेका थिए ।

मोइन्चेनग्लाड्ब्याचले पहिलो हाफको ३३ औँ मिनेटमा खेलमा पहिलो गोल गर्दै अग्रता बनाएको थियो । थुरामले अलासाने प्लेको पसालाई सदुपयोग गर्दै पहिलो गोल गरेका थिए । दोस्रो गोल भने रियलले खेलको ५८ औँ मिनेटमा खान पुग्यो । मोइन्चेनग्लाड्ब्याचका लागि दोस्रो गोल पनि थुरामले गरेका थिए ।

दुई गोलले पछि परेको स्थितीलाई उल्टाउने क्रममा रियलका लागि एक गोल ८७ औँ मिनेटमा करिम बेन्जेमाले गरेका थिए भने ९० मिनेट पछि थपिएको इन्जुरी टाइममा अर्को गोल कसिमेरोले गरेका थिए । कसिमेरोले सर्जियो रामोसको हेडिङ पासलाई गोलमा परीणत गर्दै रियललाई एक अंक दिलाएका थिए ।

अघिल्लो खेलमा शख्तार दोनेक्ससँग ३-२ ले पराजित रियल म्याड्रिड समुहमा एक अंक जोड्दै अन्तिम स्थानमा रहेको छ

यस अघी इन्टर मिलानसँग २-२ को बराबरी खेलेको मोइन्चेनग्लाड्ब्याचको यो दोस्रो बराबरी हो ।

यस्तै अर्को खेलमा साविक बिजेता बायर्न म्युनिखले लोकोभोटिभ मोस्कोलाई २-१ ले पराजित गरेको छ ।

बायर्नको जितमा लियोन गोरेट्ज्का र योसुवा किमिचले गोल गरेका थिए । मोस्कोका लागि भने एन्टोन मिरन्चुकले एक गोल गरेका थिए ।

लोकोमोटिभ रङ्गशालामा भएको खेलमा पहिलो हाफको १३ औँ मिनेटमै साविक बिजेता बायर्नले अग्रता लिएको थियो । बायर्नका लागि पहिलो गोल लियोन गोरेट्ज्काले गरेका थिए ।

पहिलो हाफमा १-० ले अगाडि बायर्नले दोस्रो हाफमा भने मोस्कोको बराबरी गोल खान पुगेको थियो । दोस्रो हाफको ७० औँ मिनेटमा लोकोमोटिभ मोस्कोका लागि एन्टोन मिरन्चुकले बराबरी गोल फर्काएका थिए तर त्यस्को नौँ मिनेट पनि नबित्दै योसुवा किमिचले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए ।

किमिचले ७९ औँ मिनेटमा भने जाभी हर्नान्डेजको पासमा गरेको उत्कृष्ट भलीलाई मोस्कोको गोलरक्षकले रोक्न नसके पछि बायर्नले समुह ए मा अर्को तीन अंक हात पारेको हो ।

अरु खेलहरुमा भने शख्तार दोनेक्स र इन्टर मिलनले गोलरहित बराबरी खेले भने सिटीले मार्सेलाई ३-०, लिभरपुलले मिजील्यान्डलाई २-०, एट्लेटिको म्याड्रिडले साल्जबर्गलाई ३-२ र पोर्टोले ओलम्पियाकोसलाई २-० ले हरायो ।

Click to comment

Trending