IPL

दिल्लीको लज्जास्पद हार

Published

on

पछि इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत ४७ औँ खेलमा दिल्ली क्यापिटल्सले सनराईजर्स हैदराबादसँग ८८ रनको लज्जास्पद हारको सामना गरेको छ ।

जितका लागि २२० रनको विशाल लक्ष्य लिएर ब्याटिङमा आएको दिल्लीले १९ ओभर खेल्दै अफ्न सबै विकेट गुमाएर मात्र १३१ रन बनाउन सक्यो ।

१२ औं खेलमा दिल्लीको यो पाँचौं हार हो भने १२ खेल नै खेलेको हैदराबादको यो पाँचौं जित हो । आजको खेलमा जित दर्ता गराए पछि दिल्ली अंक तालिकाको छैठौं स्थानमा उक्लिएको छ भने दिल्ली तेश्रो स्थानमा झरेको छ । मुम्बई इन्डियन्स, रोयल च्यालेन्जर्स बेंगलोर र दिल्लीको अंक तालिकामा समान १४-१४ अंक रहे पनि नेट रन रेटका आधारमा मुम्बई पहिलो, बेंगलोर दोश्रो तथा दिल्ली तेश्रो स्थानमा रहेका छन् ।

सुरुवात देखि नै लगातार रुपमा विकेट गुमाएको दिल्लीका ओपनर शिकार धवन पहिलो ओभरको तेश्रो बलमा नै गोल्डेन डकआउट हुन पुगे । त्यस पछि ब्याटिङमा आएका मार्कस स्टोइनिश पाँच, शिम्रोन हेटमायर १६ तथा ओपनर अजिंक्य रहाने पनि २६ रन बनाएर आउट भए भने कप्तान श्रेयस ऐयर सात रन बनाएर पेभेलियन फर्किए ।

अक्सर पटेलले एक, कागिसो रबाडा सात बनाएर आउट भए । त्यस्तै दिल्लीको तर्फबाट सर्वाधिक रन बनाएका विकेट किपर ब्याट्सम्यान रिशब पन्त पनि ३५ बलमा २६ रन बनाएर सन्दिप शर्माको शिकार बने । रविचन्द्रन अश्विन सात, एनरिच नोर्ट्जे एक रन बनाएर आउट भने भने तुषार देशपाण्डेले नौं बलमा २० रनको तुफानी पारी खेले ।

हैदराबादलाई फराकिलो जित दिलाउने क्रममा क्रममा रशिद खानले चार ओभर बलिङ गर्दै मात्र सात रन खर्चिएर सर्वाधिक तीन विकेट हात पारे भने टि नटराजन र सन्दिप शर्माले समान ४-४ ओभर बलिङ गर्दै क्रमश २६ र २७ रन खर्चिएर समान २-२ विकेट आफ्नो नाममा दर्ता गराए ।

यस अघि दुबई अन्तरास्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभर खेल्दै दुई विकेटको नोक्सानीमा २१९ रन बनायो ।

हैदराबादको तर्फबाट ओपनर रिद्दीमन शाहले सर्वाधिक ८७ रन बनाए भने अर्का ओपनर तथा कप्तान डेभिड वार्नरले पनि ६६ रनको पारी खेले । ४५ बल खेल्दै १२ चौका र दुई छक्का प्रहार गरेका शाह र ३४ बलमा आठ चौका र दुई छक्का प्रहार गरेका वार्नरले पहिले विकेटका लागि नौं दशमलब चार ओभरमा १०७ रन जोड्दै तुफानी सुरुवात दिए ।

कप्तान वार्नर आउट भए पनि शाहले दोश्रो विकेटका लागि तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका मनिष पाण्डेसँग मिलेर २९ बलमा आक्रमक ६३ रनको साझेदारी गरे ।

अविजित रहेका पाण्डेले ३१ बलमा चार चौका र एक छक्का प्रहार गर्दै ४४ रन तथा केन विलियमसनले १० बलमा अविजित ११ रनको पारी खेले ।

दिल्लीका एनरिच नोर्ट्जे र रविचन्द्रन अश्विनले समान १-१ विकेट हात पारे ।

पहिलो लेगमा हैदराबादले दिल्लीलाई १५ रनले पराजित गरेको थियो । पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा चार विकेट गुमाएर १६२ रनको मध्यम योगफल बनाउन सक्यो भने जवाफी ब्याटिङ गरेको दिल्लीले पुरै २० ओभर खेल्दै सात विकेटको नोक्सानीमा १४७ रन मात्र जोड्न सक्यो ।

Click to comment

Trending