IPL

हैदराबाद पहिले ब्याटिङमा, सन्दिप लगातार १२ औं खेलमा पनि बेञ्चमा नै

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत ४७ औँ खेलमा सनराईजर्स हैदराबादले पहिले ब्याटिङ गर्ने भएको छ । दुबई अन्तरास्ट्रिय क्रिकेट रंगशालामा दिल्ली क्यापिटल्सका कप्तान श्रेयस ऐयरले खेलमा टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् ।

दिल्लीले आजको खेलमा आफ्नो टोलीमा कुनै पनि परिवर्तन गरेको छैन भने हैदराबादले तीन परिवर्तन गरेको छ । अहिल्लो खेलमा चोटका कारण टोलीमा नपरेका केन विलियमसनले सुरुवाती ११ मा स्थान बनाएका छन् ।

अघिल्लो ११ खेलमा सुरुवाती ११ मा पर्न नसकेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछानेलाई दिल्लीले आजको खेलमा पनि स्थान दिएको छैन । आज पनि उनले बेञ्चमा नै बिताउन पर्ने भएको छ । अघिल्ला दुई सिजनमा दिल्लीको लागि नौं खेल खेल्ने मौका पाएका सन्दिपले यस पटक भने मौका पाउन सकेका छैनन् ।

समान ११-११ खेल खेलेका दिल्ली र हैदराबाद अंक तालिकामा क्रमश दोश्रो र सातौं स्थानमा रहेका छन् । ११ खेलमा सात जित र चार हारका साथ दिल्लीको १४ अंक छ भने चार खेलमा जित र सात खेलमा हार व्यहोरेको हैदराबादको आठ अंक रहेको छ ।

आजको खेलमा जित निकाल्न सकेको खण्डमा दिल्लीको प्लेअफ यात्रा पक्का हुनेछ भने आजको खेलमा पराजित भएको खण्डमा हैदराबादको प्लेअफ सपना टुंगिने छ ।

पहिलो लेगमा हैदराबादले दिल्लीलाई १५ रनले पराजित गरेको थियो । पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा चार विकेट गुमाएर १६२ रनको मध्यम योगफल बनाउन सक्यो भने जवाफी ब्याटिङ गरेको दिल्लीले पुरै २० ओभर खेल्दै सात विकेटको नोक्सानीमा १४७ रन मात्र जोड्न सक्यो ।

Click to comment

Trending