Headline

फेरि पनि टिममा अटाएनन् स्ट्राइकर बिमल

Published

on

स्टार फरवार्ड बिमल घर्ती मगर बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा पनि नेपाली टोली बाहिर रहने भएका छन् ।

नेपालले बंगलादेशसँग ढाकामा यहि नोभेम्बर १३ र १७ तारिखमा दुई मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ । तर आज मात्र उक्त दुई मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक नियुक्ति पाएका बालगोपाल महर्जनले बिमललाई समावेश नगर्ने जनाएका छन् ।

नेपालका मुख्य प्रशिक्षक योहान कालिन अहिलेको अवस्थामा नेपाल आउन सम्भब नभए पछि एन्फाले बालगोपाललाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो ।

विस्पोर्ट्जसँगको टेलिफोन कुराकानीमा बालगोपालले बिहिबारबाट सुरु हुने प्रशिक्षणमा यस अघि विश्वकप र एसिया कप छनोटका लागि बोलाइएको खेलाडीलाई नै निरन्तरता दिने जनाए । उनले आफुले पछिल्लो समय खेलाडीहरुको खेल राम्रोसँग नियाल्न नपाएका कारण पनि नयाँ खेलाडीलाई टोलीमा स्थान दिन आफुलाई गार्हो पर्ने जनाए ।

बिमलको खेल बारेमा आफुलाई राम्रो ज्ञान भएपनि उनले बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि टोलीमा स्थान नदिने स्पस्ट पारे । “बिमल एन्फा एकेडेमीमा हुँदा मैले नै प्रशिक्षण दिएको हो । बिमल के कस्ता खेलाडी हुन् मलाई राम्रोसँग थाहा छ । तर यस पटकको मैत्रीपूर्ण खेलमा उनले स्थान पाउने छैनन्,” उनले भने ।

बिमल विश्वकप छनोट अन्तर्गत कुवेतबिरुद्ध भुटानमा आयोजना भएको खेलका लागि जाने अघिल्लो दिन काठमाडौँको नाइट क्लबमा अबेरसम्म बसेका कारण उनी सहित अन्य दुई खेलाडीलाई एन्फाको अनुशासन समितीले भारी प्रतिबन्ध लगाएका थिए ।

बिमल सहित अन्य दुई खेलाडी अन्जन बिष्ट र दिनेश राजबशीं पनि त्यो समय राष्ट्रिय टोलीबाट निकालिएका थिए तर अन्जनले भने ए डिभिजन लिग र आहा रारा गोल्डकपमा उत्कृष्ट प्रदर्शन गरे पछि राष्ट्रिय टोलीको क्याम्पमा पुन: स्थान बनाएका थिए ।

नेपालमा भएको १३ औँ दक्षिण एसियाली खेलकुदमा पनि मुख्य खेलाडी मनिएका यी तीन खेलाडीहरुलाई निलम्बित गरे पछी त्यस बेलाका प्रशिक्षक नै रहेका बाल गोपाल महर्जनले तीन नयाँ अनुहार राष्ट्रिय टिममा भित्र्याएका थिए । बिमलको स्थानमा प्रशिक्षक महर्जनले फ्रेन्ड्स क्लबका प्रिजेन तमाङलाई मौका दिएका थिए ।

बिमलले निलम्बन फुकुवा पछि ए डिभिजनमा मच्छिन्द्र क्लबबाट एक खेलमात्र खेलेका थिए भने त्यसपछि फ्याटफुट्ट मोफसलका प्रतियोगितामा देखिएका थिए । कुनै समय नेपाली फुटबलमा ‘हट पिक’ मा रहने बिम

ल अहिले अचानक यसरी हराउन पुग्दा उनले राष्ट्रिय टोलीमा कमब्याक गर्न नसक्नु निकै दुखद कुरा हो ।

बंगलादेशसँगको दुई मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक तोकिएका बालगोपालको प्रशिक्षणमा नेपालले हालै नेपालमा नै सम्पन्न दक्षिण एसियाली खेलकुद अन्तर्गत साग फुटबलमा स्वर्ण पदक तथा बंगलादेशमा २०१६ मा बंगबन्धुको उपाधि हात पारेको थियो ।

 

यो पनि हेर्नुहोस् – 

बास्केटबल संघ र क्लबबाट आर्थिक मात्र हैन मानसिक सहयोग पनि पाइन : सबिता खड्का

Click to comment

Trending