IPL

प्लेअफको लक्ष्य सहित दिल्ली हैदराबादसँग भिड्दै 

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत ४७ औँ खेलमा दिल्ली क्यापिटल्स र सनराईजर्स हैदराबाद भिड्दै छन् । दुबई अन्तरास्ट्रिय क्रिकेट रंगशालामा आयोजना हुने खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।

समान ११-११ खेल खेलेका दिल्ली र हैदराबाद अंक तालिकामा क्रमश दोश्रो र सातौं स्थानमा रहेका छन् । ११ खेलमा सात जित र चार हारका साथ दिल्लीको १४ अंक छ भने चार खेलमा जित र सात खेलमा हार व्यहोरेको हैदराबादको आठ अंक रहेको छ ।

आजको खेलमा जित निकाल्न सकेको खण्डमा दिल्लीको प्लेअफ यात्रा पक्का हुनेछ भने आजको खेलमा पराजित भएको खण्डमा हैदराबादको प्लेअफ सपना टुंगिने छ ।

पहिलो लेगमा हैदराबादले दिल्लीलाई १५ रनले पराजित गरेको थियो । पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा चार विकेट गुमाएर १६२ रनको मध्यम योगफल बनाउन सक्यो भने जवाफी ब्याटिङ गरेको दिल्लीले पुरै २० ओभर खेल्दै सात विकेटको नोक्सानीमा १४७ रन मात्र जोड्न सक्यो ।

Click to comment

Trending