Headline

च्याम्पियन्स लिगमा आजः रियलको दोस्रो खेल, सिटी र मार्से भिड्दै

Published

on

च्याम्पियन्स लिग अन्तर्गत समुह चरणको दोस्रो खेलहरु आजबाट शुरु हुँदै छन् । पहिलो खेलमा साविक बिजेता बायर्न म्युनिखले रसियन टोली लोकोमोटिभ मस्कोको समाना गर्दै छ ।

अघिल्लो खेलमा एट्लेटिको म्याड्रिडलाई चार गोल ठोकेको बायर्नले समुहको सभावित सबै भन्दा कमजोर टोली विरुद्ध खेल्न लागेको हो । अर्को खेलमा भने अघिल्लो सिजनको युरोपा लिग सेमिफाइनलमा आमने–सामने भएका दुई टोली शख्तर दोनेस्क र इन्टर मिलान भिड्दैछन् ।

रोमेलु लुकाकुको उत्कृष्ट फमका कारण अघिल्लो खेलमा पराजयको संघारमा पुगेर पनि इन्टर मिलानले २–२ को बराबरी खेलेको थियो । शख्तरले भने अघिल्लो खेलमा रियललाई उसकै मैदानमा ३–२ को लजास्पद हार चखाएको थियो । यी दुवै खेल राति १२ः१० मा शुरु हुने छन् ।

रियल म्याड्रिड भर्सेस बोरुसिया मोइन्चेनग्लाड्ब्याच

युक्रेनियन क्लब शख्तारसँग ३–२ को अप्रत्याशित हार ब्यहोरेको रियलले समुह चरण अन्तर्गतको दोस्रो खेलमा जर्मन क्लब मोइन्चेनग्लाड्ब्याचको समाना गरिरहेको हो । मोइन्चेनग्लाड्ब्याचले अघिल्लो खेलमा इन्टरलाई बराबरी रोकेको कारण उसको मनोबल उच्च छ । खेललाई प्रशिक्षक जिनेदिन जिदानको रियलमा अबको भविष्यलाई लिएर पनि जोडिएको छ ।

मोइन्चेनग्लाड्ब्याच र रियल म्याड्रिड छैँटौ पटक आमने–समाने हुँदै छन् । जर्मन टोलीको घरेलु रँगशाला बोरुसिया पार्कमा हुने खेल नेपाली समय अनुसार राती २ः१५ मा शुरु हुने छ ।

म्यानचेस्टर सिटी भर्सेस मार्से

एफसी पोर्टो विरुद्ध शान्दार जित निकल्दै यो सिजनको च्याम्पियन्स लिग राम्रो शुरुवात गरेको म्यानचेस्टर सिटीले दोस्रो खेलमा फ्रेन्च क्लब मार्सेसँग खेलिरहेको हो । मार्से पहिलो खेलमा ग्रिक टोली ओलम्पियाकोससँग १–० ले पराजित हुन पुगेको थियो ।

मार्से र सिटीले युरोपियन प्रातियोगितामा पहिलो पटक एक–अर्कासँग खेल्न लागेका हुन् । इङ्गलिस टोलीसँग पछिल्ला १० मध्ये एक खेलमा मात्र बिजयी रहेको मार्सेले दवावका कारण सिटीलाई ठुलो प्रतिस्पर्धा दिन सक्नेछ ।

सिटीका लागि लामो समय चोट बोकेका सर्जियो अगुएरोले यो खेलमा शुरुवाती एघारामा मौका पाउने देखिन्छ । खेल नेपाली समय अनुसार राती २ः१५ मा सुरु हुने छ । अन्य खेलहरुमा लिभरपुलले मिजिल्यान्ड, एट्लेटिको म्याड्रिडले आरबी साल्जबर्ग, पोर्टोले ओलम्पियाकोस र एट्लान्टाले आयक्सको सामना गर्दै छन् ।

Click to comment

Trending