Headline

‘यो सिजन हामी केही खास गर्न सक्छौँ’

Published

on

टोटनह्याम हट्सपरका कप्तान ह्यारी केनले यो सिजन टोटनह्यामले केही खास गर्न सक्ने प्रिमियर लिगमा बर्न्लेलाई १-० ले हराएपछि बताएका छन् ।

सन ह्युङ मिनले दोस्रो हाफमा हेडर गोल गरेसँगै बर्न्लेलाई पराजित गरेको टोटनह्याम प्रिमियर लिगको पाँचौ स्थानमा पुगेको छ ।

पहिलो खेलमा एवर्टनसँग पराजित भए पछि भने टोटनह्यामले लगतार १० खेलमा अपराजित रहेको छ ।

लगतार खेलहरु जित्दै गर्दा टोलीका कप्तान ह्यारी केनले भने यो सिजन टोटनह्यामले केही खास गर्ने बताएका हुन् ।

“हामीले पाँच बर्ष सम्म उपाधिको नजिक पुगेर पनि चुक्न पुगेका थियौँ तर यो सिजन भने हामी त्यस्तो हुन दिने छैनौँ,” केनले भने ।

“हामी यो सिजन भने केही गर्ने अठोट लिएका छौँ, यस्तो गुण भएका खेलाडी र प्रशिक्षक रहेका कारण पनि यो सिजन भने हामीले केही गरेर देखाउनु पर्ने छ,”

“हमीले यो सिजन केही गर्ने हो भने हरेक खेलमा हरेक अंक र जित निकाल्नु पर्ने छ,” केनले थपे ।

प्रिमियर लिगमा शिर्ष छ मा रहेका टोलीहरुलाई उछिन्दै एन्स्टन भिल्ला,एवर्टन र लिड्स जस्ता टोलीहरुले लगाताए खेलहरु जितिरहदा टोटनह्यामको पनि यो सिजन केही जित्ने सम्भावना बढ्दै गएको हो ।

“हमीसँग अझै समय बाँकी छ र हामी केही गरेर देखाउने छौँ,” केनले भने ।

Click to comment

Trending