IPL

पन्जाब विरुद्ध कोलकाता पहिले ब्याटिङमा

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत ४६औं खेलमा कोलकाता नाइट राईडर्सले पहिले ब्याटिंङ गर्ने भएको छ । शारजाह क्रिकेट रंगशालामा किंग्स ११ पन्जाबका कप्तान केएल राहुलले टस जितेर पहिले फिल्डिङ रोजेको हो ।

आजको खेलमा पन्जाब र कोलकाता दुबैले आफ्नो टोलीमा कुनै पनि परिवर्तन गरेका छैनन् ।

प्लेअफमा पुग्ने लक्ष्य राख्ने हो भने दुबै टोलीले आजको खेल जित्नै पर्ने हुन्छ । समान ११-११ खेल खेलेका कोलकाता र पन्जाब अंक तालिकामा क्रमश चौथों र पाँचौं स्थानमा रहेका छन् । ११ खेलमा कोलकाताले छ खेलमा जित हात पार्दा पन्जाबले पाँच खेलमा मात्र जित निकाल्न सकेको छ ।

पहिलो लेगको अन्त्य सम्ममा एक खेलमा मात्र जित दर्ता गराएको पन्जाबले पछिल्लो चार खेलमा भने शतप्रतिशत नतिजा आफ्नो पक्ष्यमा पार्न सफल भएको छ । कोलकाताले भने पछिल्लो चार खेल मध्य दुईमा जित दर्ता गराउँदा बाँकी दुई खेलमा हारको सामना गरेको छ ।

यस अघि भएको पहिलो लेगमा कोलकाताले पन्जाबलाई दुई रनको झिनो अन्तरले पराजित गरेको थियो । पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा छ विकेट गुमाएर १६४ रनको मध्यम योगफल तयार पार्यो भने जवाफी ब्याटिङ गरेको पन्जाबले पुरै २० ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा १६२ रन मात्र जोड्न सक्यो ।

Click to comment

Trending