Headline

युरोपियन राउण्ड अपः आर्सनल लेस्टरसँग पराजित, युभेन्टस रोकियो

Published

on

इङ्गलिस प्रिमियर लिगमा आर्सनलले तेश्रो हार व्यहोरेको छ । आइतबार राति भएको खेलमा आर्सनल लेस्टर सिटीसँग १–० ले पराजित भयो ।

लेस्टरको जितमा जेमी भार्डीले बेञ्चबाट आउदै ८० औं मिनेटमा गोल गरेका थिए । पिडुलाको चोटका कारण पछिल्लो दुई खेल गुमाएका भार्डी ६० औं मिनेटमा एमिरेट्स स्टेडियममा गोल गर्दै लेस्टरको इङ्गलिस प्रिमियर लिगमा २ सय ६२ मिनेटको गोलको खडेरीलाई समाप्त गरेका थिए ।

अर्का सब्स्टिच्युट सेङ्गिज अन्डरको पासमा भार्डीले आर्सनलबिरुद्धको १२ औं प्रिमियर लिग खेलमा ११ औं गोल गरेका हुन् । आर्सनलबिरुद्ध प्रिमियर लिगमा सबैभन्दा बढी गोल वेन रुनीको नाममा रहेको छ । उनले १२ गोल गरेका थिए ।

भार्डीको आगमनअघि लेस्टरले खेलमा खासै दवाब बनाउन सकेको थिएन तर उनले खेललाई परिवर्तन गर्दा लेस्टरले यो सिजनमा शुरुवातको तीन वटै अवे खेल जित्न सफल भयो । आर्सनल पहिलो पटक यो सिजन घरेलु मैदानमा पराजित हुन पुगेको हो ।

लेस्टर ६ खेलबाट १२ अंक सहित अंक तालिकाको चौथो स्थानमा रहेको छ । समान १३ अंक रहेको एभर्टन पहिलो र लिभरपुल दोश्रो स्थानमा छ भने एस्टन भिल्ला १२ अंकका साथ तेश्रोमा रहेको छ ।

रोनाल्डोबिहिन युभेन्टसको अर्को बराबरी

इटालियन सिरी आ मा कोरोना भाइरसको संक्रमणका कारण सुपरस्टार क्रिष्चियानो रोनाल्डो अनुपस्थित रहदा युभेन्टस हेलास भेरोनासँग १–१ गोलको बराबरीमा रोकिएको छ । यो सिजन डिफेन्डिङ्ग च्याम्पियन युभेन्टस ५ खेलमा तेश्रो पटक बराबरीमा रोकिएको हो ।

टुरिनमा भएको खेलमा घरेलु टोली युभेन्टस ६० औं मिनेटमा आन्द्रे फाभिलिको गोलले पछि परेको थियो । १३ मिनेट बाकी हुदा स्विडिस स्ट्राइकर डेजान कुलुसेभ्स्किीले गोल गरेपछि युभेन्टसको पराजय टरेको थियो ।

सिरी आ मा चार खेलमा अपराजित एसि मिलान १२ अंक सहित पहिलो स्थानमा रहेको छ भने नापोली ११ अंकका साथ दोश्रो र सासुलो र इन्टर मिलान तेश्रो र चोथो स्थानमा रहेको छ । युभेन्टसको ९ अंक भएको छ ।

सिल्भाको प्रेरणामा सोसिडाड पहिलो स्थानमा उक्लियो

डेभिड सिल्भालाई दुई असिस्ट गरेपछि रियल सोसिडाड हुवेस्कालाई ं४–१ ले हराउदै स्पेनिस ला लिगाको पहिलो स्थानमा उक्लिएको छ । सोसिडाडका लागि मिकेल ओयारजबालले दुई गोल गरे भने सिल्भाले क्रिष्चियन पोर्टु र एलेक्जेण्डर इसाकको गोलमा असिस्ट गरेका थिए ।

सोसिडाडको ७ खेलबाट १४ अंक भएको छ भने दोश्रो र तेश्रो स्थानमा रहेको रियल म्याड्रिड र ग्रानडाको समान १३ अंक रहेको छ । काडिजसँग गोलरहित बराबरीमा रोकिएको भिलारियालको ७ खेलबाट १२ अंक रहेको छ ।

सिजनमा खराब शुरुवात गर्दै पाँच खेलबाट मात्रै ७ अंक रहेको बार्सिलोना १२ औं स्थानमा रहेको छ ।

Click to comment

Trending