Headline

एवर्टनको अपराजित यात्रामा साउथह्याम्प्टनले लगायो पूर्णबिराम

Published

on

जेम्स वार्ड-प्रोव्से र चे एडाम्सले पहिलो हाफमा गरेको गोल निर्णायक बन्न पुग्दा प्रिमियर लिगमा अपराजित रहेको एवर्टनलाई साउथह्याम्प्टनले २-० गोलले पराजित गरेको छ ।

सेन्ट म्यारी रङ्गशालामा भएको खेलमा साउथह्याम्प्टनले दुवै गोल पहिलो हाफमा गरेको थियो । खेलको २७ औँ मिनेटमा कप्तान जेम्स वार्ड-प्रोव्सेले गोल गर्दै साउथह्याम्प्टनलाई अग्रता दिलाएका थिए ।

अघिल्लो केही खेलमा भन्दा केही खासिकिएको देखिएको एवर्टनले ३५ औँ मिनेटमा फेरी अर्को गोल खान पुगेको थियो । खेललाई २-० को स्थितीमा पुराउने क्रममा चे एडम्सले गोल गरेका थिए ।

दोस्रो हाफमा दुवै टोलीले केही राम्रो मौका श्रीजना गरे पनि गोल भने गर्न सकेका थिएनन् । एवर्टनका लागि ७२ औँ मिनेटमा भने रातो कार्ड खाँदै कप्तान लुकास डिग्नेले मैदान छोड्नु परेको थियो ।

लगतार पाँच खेलमा अपराजित रहेको एवर्टन आज भने पराजित भएको हो ।

आजै हुने अर्को खेलमा वुल्भ्स र न्युकासल, आर्सनल र लेस्टर सिटी भिड्दै छन् ।

Click to comment

Trending