IPL

हार्दिक पान्ड्याको तुफानी अर्धशतकमा राजस्थानलाई १९६ रनको विशाल लक्ष्य

Published

on

पारीको अन्त्य तिर हार्दिक पान्ड्याले तुफानी पारी खेल्दै अर्धशतक प्रहार गरे पछि इन्डियन प्रिमियर लिग (आईपीएल) को ४५औं खेलमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई १९६ रनको लक्ष्य दिएको छ ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले पुरै २० ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा १९६ रन बनायो ।

मुम्बईको तर्फबाट छैठौं नम्बरमा ब्याटिङ गर्न आएका पान्ड्याले २१ बलको सामना गर्दै अविजित ६० रन बनाए । तुफानी पारी खेलेका उनले दुई चौका र सात छक्का प्रहार गरे । पान्ड्याले कार्तिक त्यागीको अन्तिम ओभरमा तीन छक्का र दुई चौका प्रहार गर्दै मुम्बईलाई विशाल योगफल सम्म पुर्याय ।

त्यस्तै मुम्बईका अन्य ब्याट्सम्यानहरुमा सुर्य कुमार यादवले २६ बलमा ४० रन, ओपनर इशान किशानले ३७ रन तथा सौरभ तिवारीले २५ बलमा ३४ रनको योगदान दिए ।

राजस्थानका श्रेयस गोपाल र र जोफ्रा आर्चरले समान २-२ विकेट लिए भने कार्तिक त्यागीले पनि आफ्नो नाममा एक विकेट आफ्नो नाममा दर्ता गराए ।

१० खेल खेलेको मुम्बई १४ अंक सहित अंक तालिकाको पहिलो स्थानमा रहेको छ भने आठ अंक रहेको राजस्थान अंक तालिकाको पुछारमा छ ।

यस अघि भएको पहिलो लेगमा मुम्बईले राजस्थानलाई ५७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । पहिले ब्याटिङ गरेको मुम्बईले चार विकेटको नोक्सानीमा १९३ रन बनायो भने जवाफी ब्याटिङ गरेको राजस्थानले १८ दशमलब एक ओभरमा आफ्ना सबै विकेट गुमाएर १३६ रन मात्र बनाउन सक्यो ।

Click to comment

Trending