Headline

प्रिमियर लिग आज: अपराजित एवर्टनको समाना गर्दै साउथह्याम्प्टन,लेस्टर र आर्सनल भिड्दै

Published

on

प्रिमियर लिग अन्तर्गत आज हुने खेलमा अपराजित रहेको एवर्टनले साउथह्याम्प्टनको समाना गर्दै छ ।

अघिल्लो खेलमा सविक बिजेता लिभरपुललाई २-२ को बराबरीमा रोकेको एवर्टनले यो सिजन एक खेलमा पनि पराजित भएको छैन । साउथह्याम्प्टनले पनि अघिल्लो खेलमा चेल्सीलाई ३-३ गोलको बराबरीमा रोकेको थियो ।

साउथह्याम्प्टनको रङ्गशाला सेन्ट म्यारीमा हुने खेलमा एवर्टनका लागि मुख्य खेलाडी रहेका हमेज रोड्रिगेजले खेल गुमाउने हो वा खेल्ने भने अहिले सम्म टुङ्गो लाग्न सकेको छैन । एवर्टनले सेन्ट म्यारीमा भएको पछिल्लो सात मद्धे पाँच खेलमा पराजित भएको छ । यस्तो अवस्थामा एवर्टन निकै सतर्क हुनु जरुरी छ ।

पाँच खेलमा लगातार गोल गरिरहेका डोमिनिक काल्भर्ट लेविनको प्रदर्शनले आज एवर्टनको खेलमा निकै प्रभाव पार्ने छ ।

खेल नेपाली समय अनुसार साँझ ७:४५ मा सुरु हुने छ ।

यस्तै अर्को खेलमा आर्सनलले लेस्टर सिटीको समाना गर्ने छ ।

मिकेल आर्टेटाको आर्सनलका लागि लेस्टर सधैं टाउको दुखाइ बन्ने टोली हो । चोटका कारण अघिल्लो खेल गुमाएका लेस्टरका स्टार फर्वार्ड जेमी भार्डी यो खेलमा पनि खेल्ने वा नखेल्ने बारे केही स्पष्ट रहेको छैन ।

एमिरेट्स रङ्गशालामा भने आर्सनल १९७३ देखी अहिले सम्म पनि पराजित भएको छैन ।

खेल नेपाली समय अनुसार राती १:०० बजे सुरु हुने छ ।

यस्तै अन्य खेलहरुमा वुल्भ्सले न्युकासलको सामना गर्दै छ ।

Click to comment

Trending