Headline

च्याम्पियन्स लिगमा आमने–सामने हुन रोनाल्डोलाई मेस्सीको बिशेष सन्देश

Published

on

महानताको दौडमा आफ्नो चीर प्रतिद्वन्दी रहेका क्रिष्चियानो रोनाल्डोलाई एक बिशेष सन्देश दिदै अर्जेन्टाइन सुपरस्टार लियोनल मेस्सीले पोर्चुगिज फुटबलर कोरोनाबाट मुक्त हुदै बार्सिलोनाबिरुद्ध खेल्न तैयार हुने आशा गरेका छन् ।

च्याम्पियन्स लिगको समुह जि मा रहेका बार्सिलोना र युभेन्टसबीचको ठूलो भिडन्त यो बुधबार हुन गइरहेको छ । तर दुई पटक कोरोना भाइरसको रिपोर्ट पोजिटिभ आएपछि रोनाल्डो उक्त खेलका लागि उपलब्ध हुने वा नहुने केही भन्न सकिदैन ।

एक रिपोर्टका अनुसार रोनाल्डोलाई कुनै लक्षण देखिएको छैन भने उनको दोश्रो रिपोर्ट युएफालाई बार्सासँगको खेलको एक हप्ताअघि पठाइएको थियो । युभेन्टस बार्साबिरुद्ध भिड्नु २४ घण्टा अघि रोनाल्डोको रिपोर्ट नेगेटिभ आउने हो भने पनि उनलाई खेल्न अनुमति दिइनेछ ।

रोनाल्डोको अनुपस्थितिले खेल बार्सिलोनाको पक्षमा जान सक्छ तर मेस्सीले उनका लागि शिघ्र स्वास्थ्य लाभको कामना गर्दै खेलमा फर्किएर एक पटक फेरि एक आपसमा भिड्दै समर्थकहरुलाई बिशेष पलहरु दिने आशा गरेका छन् ।

“त्रिष्चियानो रोनाल्डो रियल म्याड्रिडबाट खेल्दा हामीबीचको खेलहरु निकै बिशेष हुने गर्थे । रियलबिरुद्धको खेलहरु बिशेष त हुन्छ नै तर रोनाल्डो मैदानमा रहदा यसको महत्व अर्कै हुने गथ्र्यो,” डेलिमेलको एक रिपोर्टमा मेस्सीलाई उदृत गरिएको छ । “यो अहिले बिगत भइसकेको छ र अब हामी आजका चुनौतिहरु हेरिरहेका छौं । बुधबार यो चुनौति अगाडी आउन सक्छ र हामी आशा गछौं क्रिष्चियानो कोभिडबाट मुक्त हुदै त्यहा हुनेछन् ।”

“क्रिष्चियानोसँगका भिडन्तहरु सधै बिशेष र अनन्तकाल सम्म रहिरने किसिमका हुन्छन् । ती खेलहरु बर्षौसम्म धेरैको दिमागमा रहने गरेका छन् र यही स्तर लामो समयसम्मका लागि कायम राखि रहन त्यति सहज छैन,” मेस्सीले भने ।

बार्सिलोनाले आफ्नो पहिलो च्याम्पियन्स लिग खेलमा हँगेरियन टोली फेरेंकभारोसलाई ५–१ ले हराएको थियो भने युभेन्टसले युक्रेनी क्लब डाइनामो किभलाई २–० ले पराजित गरेको थियो ।

 

यो पनि हेर्नुहोस् – 

बास्केटबल संघ र क्लबबाट आर्थिक मात्र हैन मानसिक सहयोग पनि पाइन : सबिता खड्का

 

Click to comment

Trending