Headline

युरोपियन राउन्ड अप: म्यानचेस्टर युनाइटेड चेल्सी बराबर,लेवानडस्कीको ह्याट्रिक

Published

on

प्रिमियर लिग

प्रिमियर लिग अन्तर्गतको ठुलो खेलमा म्यानचेस्टर युनाइटेड र चेल्सीले गोल रहित बराबरी खेल्दै अंक बाडेका छन् ।

ओल्ड ट्राफोर्डमा भएको खेलमा दुवै टोलीले राम्रो मौकाहरुलाई सदुपयोग गर्न सकेनन् ।

पहिलो हाफमा भिएआरले उचित निर्णय लिना नसक्दा चेल्सीले पेनाल्टीको अवसर गुमाएको थियो । दोस्रो हाफमा भने चेल्सीले राम्रो डिफेन्डिङ गरेको थियो युनाइटेडको लगातारको मौकाहरुलाई बिफल पार्ने क्रममा चेल्सीका एड्वार्डो मेन्डीले उत्कृष्ट बचाउ गरेका थिए ।

यो खेलसँगै ६ खेल खेलेको चेल्सीले तीनमा बराबरी दुईमा जित र एकमा हार बेहोरेको छ । यता एक खेल काम खेलेको युनाइटेडले भने दुईमा जित दुईमा हार र एक खेल बराबरी खेलेको छ ।

यस्तै अन्य खेलहरुमा म्यानचेस्टर सिटी वेष्ट ह्यामसँग १-१ को बराबरीमा रोकिएको छ । पहिलो हाफमा मिकेल एन्टोनियोको गोलले पछि परेको सिटीका लागि बराबरी गोल दोस्रो हाफको ५१ औँ मिनेटमा फिल फोडेनले गरेका थिए । सिटीले पनि पाँच खेल खेल्दै दुईमा जित दुईमा बराबरी र एकमा हार बेहोरेको छ ।

अर्को खेलमा भने क्रिस्टल प्यालेसले फुलह्यामलाई २-१ ले हराएको थियो ।

बुन्डेसलिगा

बुन्डेसलिगामा भने बायर्न म्युनिखले फ्रंन्कफटलाई ५-० गोलले हराएको छ ।

बायर्नका लागि रोबर्ट लेवानडस्कीले तीन गोल गरे भने लिरोय साने र जमल मुसियलाले एक गोल गरेका थिए ।

लेवानडस्कीले आफ्नो पहिलो गोल १० औँ मिनेटमा गर्दै बायर्नलाई १-० को अग्रता दिलाएका थिए । बायर्नका लागि दोस्रो गोल पनि लेवानडस्कीले २६ औँ मिनेटमै गरेका थीए ।

पहिलो हाफमा २-० को अग्रता लिएको बायर्नले दोस्रो हाफमा भने अरु तीन गोल गरेको थियो । ६० औँ मिनेटमा बायर्न र व्यक्तिगत तेस्रो गोल गर्दै लेवानडस्कीले ह्याट्रिक पुरा गरेका थिए ।

चौँथो गोल भने ७२ औँ मिनेटमा लिरोय साने र पाँचौ गोल भने जमल मुसियलाले ९० मिनेटमा गरेका थिए ।

यस्तै बोरुसिया डर्टमण्ड र साल्का बिचको डर्बीमा भने डर्ट्मण्ड ३-० गोलले बिजयी भएको छ । डर्टमण्डको जितमा मनुयल आकन्जी,एल्रिङ्ग हालांड र म्याट हुमल्सले गोल गरेका थिए ।

यता सेरी आ मा भने इन्टर मिलानले गेओनालाई २-० गोलले पराजित गरेको छ । इन्टरको जितमा रोमेलु लुकाकु र डानियल डिअंब्रोसियोले गोल गरेका थिए ।

यो पनि पढ्नुहोस्: क्याम्प नोउमा रियलको राज, बार्सिलोना पराजित

 

Click to comment

Trending