IPL

पन्जाबको खराब ब्याटिङ, हैदराबादलाई १२७ रनको सामान्य लक्ष्य 

Published

on

बलरहरु हाबी हुँदा इन्डियन प्रिमियर लिग (आईपीएल) को ४३औं खेलमा किंग्स ११ पन्जाबले सनराईजर्स हैदराबादलाई १२७ रनको सामान्य लक्ष्य दिएको छ ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले पुरै २० ओभर खेल्दै सात विकेटको नोक्सानीमा १२६ रन मात्र बनाउन सक्यो ।

६६ रनको अवस्थामा दोश्रो विकेट गुमाएको पन्जाबले त्यस पछि ६० रन भन्दा जोड्न नसक्दा सानो योगफलमा रोकिन पुग्यो । पन्जाबको तर्फबाट सर्वाधिक रन बनाएका निकोलस पुरणले चौथों नम्बरमा ब्याटिङ गर्न आएका २८ बलमा दुई चौका प्रहार गर्दै अविजित ३२ रन बनाए ।

पन्जाबको लागि ओपनरद्वय कप्तान केएल राहुल र मन्दिप सिंहले क्रमश २७ र १७ रन बनाए भने तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका क्रिस गेल पनि २० रन मात्र बनाएर आउट भए । ग्लेन म्याक्सवेल पनि १२ रन बनाएर पेभेलियन फर्किए भने त्यस पछिका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पन्जाबलाई सानो योगफलमा समेट्ने क्रममा रशिद खान, जेसन होल्डर र सन्दिप शर्मा समान २-२ विकेट हात पारे । किफायती बलिङ गरेका रशिदले चार ओभरमा मात्र १४ रन खर्चिए ।

Click to comment

Trending