Headline

क्याम्प नोउमा रियलको राज, बार्सिलोना पराजित

Published

on

२०२०/२०२१ सिजनको पहिलो एल क्लासिकोमा रियल म्याड्रिडले बार्सिलोनालाई ३-१ गोलले हराएको छ ।

रियलका लागि फिडे भालभर्डे,सर्जियो रामोस र लुका मोड्रिचले ले एक-एक गोल गरेका थिए भने बार्सिलोनाका लागि १७ वर्षिय अंशु फातीले एक गोल गरेका थिए ।

खेलको पहिलो गोल पाँचौ मिनेटमै रियल म्याड्रिडका लागि फिडे भालभर्डेले गरेका थिए । तर त्यसको चार मिनेट पनि नबित्दै बर्सिलोनाका लागि अंशु फातीले बराबरी गोल गर्दै खेल १-१ को स्थितीमा पुराएका थिए ।

१७ बर्षिय अंशु फाती एल क्लासिकोमा गोल गर्ने कान्छो खेलाडी समेत बनेका छन् । पहिलो हाफ १-१ को बराबरीमा सकिएको खेलको दोस्रो हाफमा भने रियल म्याड्रिडका लागि सर्जियो रामोसले पेनाल्टी मार्फत गोल गरेका थिए ।

बार्सिलोनाका सेलिमेन्ट लिङ्लेटले रामोसको जर्सी तान्दै डि-बक्समा लडाए पछी पाएको पेनाल्टीलाई सदुपयोग गर्दै ६३ औँ मिनेटमा गोल गरेका थिए ।

रियलले खेलको ८६ औँ मिनेटमा तेस्रो गोल गर्ने शुवर्ण अवसर गुमाउन पुगेको थियो । लुका भस्केजको पासको सदुपयोग गर्दै सर्जियो रामोसले गरेको उत्कृष्ट भलीलाई बर्सिलोनाका किपर नेटोले राम्रो बचाउ गरेका थिए तर ९० औँ मिनेटमा भने रियलले खेलमा तेस्रो गोल गर्न सफल भएको थियो । रियलका लागि लुका मोड्रिचले गोल गर्दै तीन डिफेन्डरलाई छलाउदै गोल गरेका थिए ।

जित पछि रियल म्याड्रिड ला लिगाको शिर्ष स्थानमा पुगेसँगै   जिनेदिन जिदान र रियल म्याड्रिड दुवैलाई केही राहत मिलेको छ ।

Click to comment

Trending