IPL

चक्रवर्थीले घातक बलिङ गर्दा कोलकातासँग दिल्लीको लज्जास्पद हार

Published

on

बरुण चक्रवर्थीले घातक बलिङ गर्दै पाँच विकेट लिए पछि इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आफ्नो ११ औ खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राईडर्ससँग ५९ रनको लज्जास्पद. हार व्यहोरेको छ ।

जितका लागि १९५ रनको विजय लक्ष्य सहित ब्याटिङमा आएको दिल्लीले पुरै २० ओभर खेल्दै नौं विकेटको नोक्सानीमा १३५ रन मात्र बनाउन सक्यो ।

दिल्लीलाई सस्तोमा समेट्ने क्रममा कोलकाताका लेग स्पिनर बरुण चक्रवर्थीले चार ओभर बलिङ गर्दै २० रन खर्चिएर सर्वाधिक पाँच विकेट लिए भने किफायती बलिङ गरेका प्याट कमिन्सले पनि चार ओभरमा १७ रन खर्चिएर तीन विकेट आफ्नो नाममा दर्ता गराए । चक्रवर्थीको ट्वान्टी ट्वान्टीमा यो पहिलो पाँच विकेट हो ।

दिल्लीको तर्फबाट कप्तान श्रेयस ऐयरले ३८ बलमा सर्वाधिक ४७ रन तथा रिशब पन्त २७, रविचन्द्रन अश्विन अविजित १४ तथा शिम्रोन हेटमायर १० रनमा आउट भए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

यस अघि खेलमा टस हारेर पहिले ब्याटि गरेको कोलकाताले पुरै २० ओभर खेल्दै पाँच छ सात विकेटको नोक्सानीमा रन बनायो ।

कोलकाताको तर्फबाट नितिश रानाले सर्वाधिक रन बनाए भने पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका सुनिल नारायणले रबाडाको बलमा आउट हुनु अघि तुफानी पारी खेल्दै ३२ बलमा छ चौका र चार छक्काको मद्धतमा ६२ रन बनाए ।

ओपनर शुबमन गिल नौं, राहुल त्रिपाठी १३ तथा दिनेश कार्तिक तीन रन बनाएर आउट हुँदा खराब सुरुवात गरेको कोलकाताको लागि राना र नारायणले चौथों विकेटका लागि ५६ बलमा ११५ रनको साझेदारी गरे । कोलकाताका कप्तान ओइन मोर्गन १७ रनमा अविजित रहे ।

दिल्लीका एनरिच नोर्ट्जे चार ओभरमामा २७ रन, कागिसो रबाडाले चार ओभरमा ३३ रन तथा मार्कस स्टोइनिशले चार ओभरमा ४१ रन खर्चिएर समान २-२ विकेट हात पारे ।

Click to comment

Trending