Headline

आहा ! क्लोपको कति राम्रो दाँत !

Published

on

योर्गेन क्लोपले आफ्नो फुटबल करिअरका दौरान धेरै कुरामा परिवर्तन ल्याएका छन् । लिभरपुललाई इङ्गलिस फुटबलमा दिएको उचाईदेखि जर्मनीमा बोरुसिया डर्टमण्डको भाग्य पुनर्जिवित गर्दा सम्मको नायक हुन, योर्गेन क्लोप ।

डगआउटमा आफ्नो छुट्टै पहिचान बोकेको बेसबल क्याप ढल्काउदै उभिने क्लोप लिभरपुललाई खेलाउने ’हेभी मेटल फुटबल’ र ’गनप्रेस’ जस्तो फुटबल रणनीतिका आधार हुन् । व्यवस्थापकहरु मध्ये क्लोपको व्यक्तिगत आवरणको तुलनामा कसैसँग प्रतिस्पर्धा हुन सक्दैन । २०१३ मा आफ्नो कपाल प्रत्यारोपण गरेको खुल्ला रुपमा स्वीकार्ने क्लोपको धेरै समर्थकहरुले उनी लिभरपुल आए पछि अझै एक कुरा याद गरेको हुनुपर्छ – उनको दात ।

क्लोप यि दातहरुमा यति मज्जाले हास्छन कि उनलाई देखेर बिपक्षी खेलाडीहरु पनि रिसाउन सक्दैनन् । तर यस्तो राम्रो दात देखाएर हास्ने क्लोपको डेण्टिस्ट को होलान् ? विश्वकै नम्बर एक डेण्टिस्ट ? होइन ! उनी हुन् लिभरपुलका साधारण डेण्टल क्लिनिकका डाक्टर रोब्बी ह्युज ।

रोब्बीले २०१९ मा ब्रिटिस मिडिया नेट्वोर्क (बिबीसी) लाई दिइएको अन्तर्वातामा, रोबर्टो फर्मिन्होको दातको काम गरे पछि उनी क्लोपसँग नजिकिएको बताएका थिए । “क्लोपसँग काम गर्न पाएको चाँही मैले रोबर्टो फर्मिन्होको दात बनाइदिए पछि हो । क्लोपलाई पनि फर्मिन्होको जस्तै केही गर्नु थियो र उनी म कहाँ आएका थिए,” रोब्बीले भने । “उनी जब मेरो क्लिनिक आएका थिए उनले मलाई फर्मिन्होको दात मन परेको र आफ्नो दात राम्रो भए पनि अझै ठीक गर्न मन लागेको बताएका थिए ।”

डा.रोब्बीले दातलाई एन्टीबायोटिकको आवश्यकता भएको र उपचार गरे दात ठीक हुने बताए पनि क्लोपले पहिलो पटक भने अस्वीकार गारेका थिए । “डेण्टिस्टका गएर सिधै मलाई फर्मिन्होको जस्तो दात चाहियो भनेको थिइन,“ क्लोपले एक अन्तर्वातामा भनेका थिए । मेरो दातको शल्यक्रिया निकै लामो थियो । म बिचमा एक पटक शौचालय नै गए । त्यहा पुगेर ऐना हेर्दै यो मेरो जिन्दगी भर रहने कुरा हो यसलाई त आजै सक्काउनु पर्छ भन्दै सोचे र फेरी त्यही दिन सबै उपचार सक्काए,“

“मेरा दात पहिलाको भन्दा फरक भए पनि मलाई चाँही मन पर्छ, मलाई अहिले सहज महसुस हुन्छ,” क्लोपले हस्दै भने । क्लोपको यति राम्रो हाँसोको श्रेय भने डक्टर रोब्बी ह्युजलाई नै जानु पर्छ ।

Click to comment

Trending