IPL

टस जितेर दिल्ली पहिले फिल्डिङ गर्दै 

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आफ्नो ११ औ खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राईडर्स विरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । दिल्लीले खेलमा टस जितेर कोलकातालाई पहिले ब्याटि गर्न लागएको हो ।

आजको खेलमा दिल्ली र कोलकाता दुबै टोलीले २-२ परिवर्तन गरेका छन् । दिल्लीले यस अघिको खेलमा चोटका कारण खेल्न नसकेका एनरिच नोर्ट्जेलाई ड्यानियल स्याम्सको स्थानमा तथा पछिल्लो खेलहरुमा खराब फर्मबाट गुज्रि रहेका पृथ्वी शको स्थानमा अजिंक्य रहानेले सुरुवाती ११ मा राखेको छ । कोलकाताले भने टम बान्टनको स्थानमा सुनिल नारायणलाई र कुलदिप यादवको स्थानमा कमलेश नगरकोटीलाई खेलाउने भएको छ ।

दिल्ली १४ अंकका साथ अंक तालिकाको दोश्रो स्थानमा तथा कोलकाता १० अंक सहित तालिकाको चौथों स्थानमा रहेको छ । मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेंगलोरको पनि समान १४ अंक नै रहे पनि नेट रन रेटका आधारमा मुम्बई पहिलो, दिल्ली दोश्रो र बेंगलोर तेश्रो स्थानमा छन् ।

१० खेल खेलेको दिल्लीले सात खेलमा जित हात पार्दा तीन खेलमा हारको सामना गरेको छ भने कोलकाताले १० खेल खेल्दै समान पाँच पाँच खेलमा हार र जित निकाल्न सकेको छ ।

Click to comment

Trending