Headline

प्रिमियर लिगमा आज: चेल्सी विरुद्ध म्यानचेस्टर युनाइटेड,सिटी र वेष्ट ह्याम भिड्दै

Published

on

प्रिमियर लिगमा आजको ठुलो खेलमा चेल्सीले म्यानचेस्टर युनाइटेड विरुद्ध खेल्दै छ भने अर्को खेलमा सिटीले वेष्ट ह्यामको समाना गर्दै छ ।

दिनको ठुलो खेलमा अघिल्लो खेलमा साउथह्याम्प्टनसँग ३-० को अग्रतालाई जोगाउन नसक्दा अन्तिममा ३-३ को बराबरी खेल्दै अंक बाढेको चेल्सीले म्यानचेस्टर युनाइटेडको समाना गर्दै छ ।

युनाइटेडले भने अघिल्लो खेलमा न्युकासल युनाइटेडलाई ४-१ ले पराजित गरेको थियो । च्याम्पियन्स लिगमा पिएसजीलाई हराउदै प्रिमियर लिगमा चेल्सी विरुद्ध खेल्न लागेको युनाइटेडको मनस्थिती निकै बलियो देखिन्छ ।

युनाइटेडले अघिल्लो सिजन चेल्सीलाई प्रिमियर लिगको होम र अवेको दुवै खेलमा नमिठो हार चखाएको थियो ।

भोलीको खेल सँगै इङ्लिस फुटबल नयाँ युगमा प्रवेश गरेर प्रिमियर लिग भए देखी म्यानचेस्टर युनाइटेड विरुद्ध चेल्सी सबै भन्दा धेरै पटक खेलिएको खेल हुने छ ।

यो खेल नेपाली समय अनुसार १०:१५ मा सुरु हुने छ ।

अर्को खेलमा भने म्यानचेस्टर सिटीले वेष्ट ह्यामको समाना गर्दै छ ।

अघिल्लो खेलमा टोटनह्यामको ३-० को अग्रतालाई अन्तिमको १० मिनेटमा पल्टाउदै ३-३ गोलको बराबरीमा खेल सकाएको वेष्ट ह्याम सिटीलाई ठुलो चुनौती दिन सक्ने टोली हो ।

सिटीले भने अघिल्लो खेलमा अर्सनललाई १-० ले हराएको थियो भने च्यामपियन्स लिग अन्तर्गत भएको खेलमा पोर्टोलाई पनि पराजित गरेको थियो । लगातारको फुटबल पछि थाकेको सिटीको टोली वेष्ट ह्यामसँग सतर्क हुनु पर्ने देखिन्छ ।

यो खेल नेपाली समय अनुसार साँझ ५:१५ मा सुरु हुने छ ।

यस्तै अन्य खेलहरुमा फुलह्यामले क्रिस्टल प्यालेस र लिभरपुलले सेफिल्डको समाना गर्दै छ ।

Click to comment

Trending