Headline

बामफोर्ड चम्किदा एस्टन भिल्ला पराजित

Published

on

प्याट्रिक्क बामफोर्डको ह्याट्रिक्कको मद्धतमा लिड्स युनाइटेडले एक समय च्याम्पियन्शिपको चिर प्रतिद्वन्दी मनिएको एस्टन भिल्लालाई प्रिमियर लिगमा  ३-० ले पराजित गरेको छ ।

हारसँगै भिल्लाको पाँच खेलको अपराजित यात्रा टुङिएको छ ।

पहिलो हाफमा गोल रहित बराबरी खेलेका दुवै टोलीको दोस्रो हाफमा भने तीन गोल भएका थिए ।

तिनै गोल लिड्सका फर्वार्ड प्याट्रिक बामफोर्डले गरेका थिए ।

बामफोर्डले पहिलो गोल ५५ औँ मिनेटमा गर्दै लिड्सलाई १-० को अग्रता दिलाएका थिए भने दोस्रो गोल ६७ औँ मिनेटमा गरेका थिए ।

यस्तै आफ्नो ह्याट्रिक पुरा गर्ने क्रममा टोली र व्यक्तिगत तेस्रो गोल ७४ औँ मिनेटमा गरेका बामफोर्डले लिड्सलाई सहज तीन अंक दिलाउन सफल भएका थिए ।

जितसँगै लिड्स १० अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ भने भिल्लाले खेल जित्दै २०११ पछि पहिलो पटक प्रिमियर लिगको शिर्ष स्थानमा जाने मौका गुमाएको छ ।

Click to comment

Trending