Headline

‘एल क्लासिको अझै पनि विश्वको सबैभन्दा ठूलो खेल हो’

Published

on

“क्लासिको भनेको क्लासिको नै हो,” ला लिगाका अध्यक्ष जाभियर टेबासले भने ।

“लिगको लागि यो एउटा सामान्य खेल भए पनि विश्वको लागि यो अझ पनि सबैभन्दा ठुलो खेल हो,”

शनिबार जब एक क्लासिकोमा बार्सिलोना र रियल म्याड्रिड आमने-समाने हुने छन् त्यो समयमा सधैं जस्तो भरीभराउ हुने विश्वको सबै भन्दा ठुलो रङ्गशाला मद्धेको एक ९० हजार सिट क्षमता भएको क्याम नोउ खाली देखिने छ ।

खेलकुदको सर्तमा, यो समयमा यो भन्दा नाटकिय खेलको मज्जा अरु कतै फेला पार्न गाह्रो हुन्छ । कोरोना भाईरसको प्रभाव र खाली रङ्गशाला नतिजा कस्को पक्षमा जाने होला ? भन्न सकिदैन ।

“समर्थक नै नभए पछी फुटबल खेलमा एउटा मुख्य भाग गुमेको भान हुन्छ,” टेबासले भने ।

“तर हामीले तीन सय भन्दा धेरै खेलहरु बन्द रङ्गशालामा खेलाएका छौँ तर पनि खेल निकै रोमान्चक हुने गर्छ,खेलाडीहरुले पनि उत्कृष्ट प्रदर्शन गर्ने गर्छन् र त्यो त टिभीमा हेर्ने दर्शकको संख्याले पनि बताउछ,”

ला लिगाले विश्व भरीबाट एल क्लासिको हेर्नेको संख्या यो सिजन ६ सय ५० मिलियनको हाराहारीको रहने अंकलन गरेको छ ।

“रङ्गशालामा हुने गरेका ७० हजार समर्थकको मात्र कमी हुने त हो,” टेबासले भने ।

समर्थकको अनुपास्थितीले खेलमा निकै प्रभाव त पर्ने छ नै खेलको रौनक पनि काम देखाइदिने छ तर पनि ला लिगा भने आफ्नो यो खेल हिट हुनेमा विश्वस्त देखिन्छ ।

Click to comment

Trending