Headline

एक समय च्याम्पियनशिपका दुई चिर प्रतिद्वन्दी आज प्रिमियर लिगमा भिड्दै

Published

on

प्रिमियर लिग अन्तर्गत शुक्रबार अपराजित एस्टन भिल्लाले लिड्स युनाइटेडको समाना गर्दै छ ।

धेरै समयमा इङ्ल्याण्डको दोस्रो डिभिजन, च्याम्पियन्शिपमा चिर प्रतिद्वन्दीको रुपमा खेलेका यि दुई टोली प्रिमियर लिगमा भने २००४ पछि पहिलो खेल खेल्दै छन् ।

अन्तिम पटक प्रिमियर लिगमा २००४ को भेटमा २-० ले बिजयी रहेको एस्टन भिल्लाले २०१८ मा अन्तिम पटक च्याम्पियनशिपमा खेल्दा भने ३-२ को रोमान्चक हार व्यहोरेको थियो ।

हाल प्रिमियर लिगको कुरा गर्ने हो भने एस्टन भिल्ला पाँच खेल खेल्दै अपराजित रहेको छ । भिल्लाको किर्तिमानी अपराजित यात्रालाई पुरानो प्रतिस्पर्धी लिड्सको आँखा लाग्न सक्ने देखिन्छ ।

एस्टन भिल्लाका लागि मिड्फिल्डका दुई स्टार खेलाडीहरु ज्याक ग्रिलिस र चेल्सीबाट लोनमा आएका रोस बार्कलीको खेलले धेरै प्रभाव पार्ने देखिन्छ । लिड्स युनाइटेड भने एस्टन भिल्ला विरुद्धको खेलका लागि पूर्ण तयार देखिएको छ । अघिल्लो खेलमा वुल्भ्ससँग १-० ले पराजित भए पनि लिड्सको खेल निकै उत्कृष्ट देखिएको थियो ।को

शुक्रबार जित हात पारेको खण्डमा एस्टन भिल्ला २०११ पछि पहिलो पटक प्रिमियर लिगको शिर्ष स्थानमा पुग्न सफल हुने छ ।

खेल नेपाली समय अनुसार रातको १२:४५ मा सुरु हुने छ ।

Click to comment

Trending