Headline

‘म भान डाईकको स्थान सधैका लागि लिन सक्दिन’

Published

on

लिभरपुल र ब्राजिलका मिडफिल्डर फाबिन्होले आफु लामो समयका लागि चोट बोकेका डिफेन्डर भर्जिल भान डाइकको स्थान सधैका लागि लिन नसक्ने बताएका छन् ।

प्रिमियर लिग अन्तर्गत एवर्टनसँग भएको खेलमा जोर्डन पिकफोर्डसँग ठोकिन पुग्दा उनलाई चोट लागेको थियो ।

यता टोलीका प्रमुख गोलरक्षक एलिसन बेकरको स्थानमा आएका एड्रियनले पनि भान डाइक बिनाको डिफेन्समा खेल्न अनौठो लागेको बताएका थिए ।

युएफा च्याम्पियन्स लिग अन्तर्गत समुह चरणको खेलमा आयाक्सलाई १-० ले हराउदा युवा डिफेन्डर जो गोमेज र फाबिन्होले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

“म भान डाइक हैन, किन कि उ त विश्वको नम्बर एक डिफेन्डर हो,” फबिन्होले भने ।

“व्यवस्थापकले मलाई टोलीलाई व्यवस्थित गर्नका लागि मैदानमा बोलि रहन भनेका थिए । कहिलेकाही मैले बलहरू खोस्न जानु पर्ने र प्रेस गर्न तयार हुनुपर्ने पनि उनले बताएका थिए । यस भूमिकामा मैले सक्दो राम्रो गर्न प्रयास गर्नुपर्दछ जस्तो लागेर मैले खेलेको थिए ।”

” उनी विश्वको नम्बर एक डिफेन्डर हुन् र म भान डाईकको स्थान सधैंका लागि लिन सक्दिन,” फाबिन्होले थपे ।

फाबिन्होले मिडफिल्डर भए पनि भान डाइकलाई चोट लागे पछि प्रशिक्षक योर्गन क्लोपले उनलाई सेन्टर डिफेन्डरको भूमिकामा मैदानमा उतारेका थिए ।

Click to comment

Trending