Headline

नियन्त्रण गुमाएर रेड कार्ड खादा हिग्वेन लगातार बिवादमा

Published

on

आफूमाथिको नियन्त्रण गुमाउदै एकपछि अर्को बिवादमा आएका अर्जेन्टाइन फर्वार्ड गोन्जालो हिग्वेनलाई उनको मेजर लिग सकर टोली इन्टर मायामीका प्रशिक्षक डिएगो अलोन्सोले धैर्य धारण गर्न आग्रह गरेका छन् ।

पुर्व रियल म्याड्रिड र युभेन्टस स्ट्राइकर हिग्वेनले गत सप्ताहन्त मोन्ट्रियालबिरुद्धको खेलका दौरान असन्तुष्टि व्यक्त गर्दै म्याच अफिसियलहरुसँग झगडा गर्न गएका थिए । लुईस रोबल्सको अनुपस्थितिमा कप्तानी सम्हालेका हिग्वेनले अब शनिबार हुने ओर्लान्डो सिटीबिरुद्धको साउथ फ्लोरिडा डर्बी गुमाउने भएका छन् ।

डेविड बेक्ह्यामको मायामी प्लेअफलाई प्लेअफबाट बञ्चित हुने खतरा कायम रहेको छ । सेप्टेम्बरमा युभेन्टसबाट मायामी गएका हिग्वेनले अमेरिकी प्रथम श्रेणी फुटबलमा बिश्वस्तरीय खेल प्रदर्शन गरेका छन् तर सँगसँगै उनी बिवादित पात्र पनि बन्न पुगेका छन् ।

एमएलसको डेब्यु खेलमै पेनाल्टीमा गोल गर्न चुक्दा उनले फिलाडेल्फिया युनियनका खेलाडीहरुसँग झगडा गरेका थिए भने फ्रेञ्च लेजेण्ड थिएरी हेन्रीको मोन्ट्रियालबिरुद्धको खेलमा देखाएको असन्तुष्टिले उनी बिवादबाट अछुतो रहन सकिरहेका छैनन् ।

बेक्ह्यामको टोली लिग चरणमा मात्र चार खेल बाकि रहेको स्थितिमा प्लेअफ स्थानबाट बाहिर रहेको छ । मेक्सिकन खेलाडी रोडोल्फो पिजारो अबको खेलमा फर्किने त छन् तर एक गोल मात्र गर्दा गर्दै पनि मायामीको आक्रमणमा प्रमुख भुमिका खेलिरहेको हिग्वेनको अनुपस्थिति क्लबका लागि घातक सिद्ध हुन सक्नेछ ।

“मलाई व्यक्तिगत रुपमा मैदानमा आफ्नो टोलीको रक्षा गर्ने खेलाडी मन पर्छ । तर आफ्नो प्रतिबद्धता देखाउने क्रममा मैदान बाहिरिने काम गर्नु भएन । हिग्वेन क्लब, कोचिङ्ग स्टाफ र टिममेटहरुप्रति निकै प्रतिबद्ध रहेका छन्,” प्रशिक्षक अलोन्सोले भने ।

मायामीका खेलाडीहरुले मोन्ट्रियाललाई बिजयी गोल दिएकोमा असन्तुष्टि पोख्दै आएका थिए र टिमका डिफेन्डर लियान्ड्रो गोन्जालेज–पिरेजका अनुसार हिग्वेनको घमण्डी व्यवहारका कारण तनाव उत्पन्न भएको थियो ।

“हामीले यसमा सुधार ल्याउन आवश्यक छ । रेफ्रिको निर्णय हाम्रो लागि बहाना हुन सक्दैन । यस बिषयमा हामीले ड्रेसिङ्ग रुममा छलफल गरेका छौं र अब कसरी अगाडी बढ्ने त्यो पनि सोचिरहेका छौं,” अलोन्सोले भने ।

Click to comment

Trending