IPL

राजस्थानको सामान्य ब्याटिङ, हैदराबादलाई १५५ रनको लक्ष्य 

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत ४०औं खेलमा राजस्थान रोयल्सले सामान्य ब्याटिङ गरे पछि सनराईजर्स हैदराबादले १५५ रनको सामान्य लक्ष्य पाएको छ ।

दुबई अन्तरास्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले पुरै २० ओभर खेल्दै छ विकेटको नोक्सानीमा १५४ रन मात्र बनाउन सक्यो ।

राजस्थाको तर्फबाट सन्जु सामसनले २६ बल खेल्दै सर्वाधिक ३६ रन बनाए भने बेन सटोक्सले पनि ३० रनको पारी खेले । राजस्थानका अन्य ब्याट्सम्यानमा रबिन उथप्पा १९, जस बटलर नौं, कप्तान स्टिभ स्मिथ १९, रियान पराग १२ बलमा २० रन बनाएर आउट भए भने जोफ्रा आर्चरले सात बलमा अविजित १६ रनको पारी खेले ।

राजस्थानलाई सस्तैमा रोक्ने क्रममा यस सिजनको आईपीएलमा पहिलो खेल खेलेका जेसन होल्डरले सर्वाधिक तीन विकेट हात पारे । किफायती बलिङ गरेका रशिद खानले एक विकेट मात्र लिए पनि चार ओभरमा २० रन मात्र खर्चिए भने विजय शंकरले पनि तीन ओभरमा १५ रन खर्चिएर एक विकेट आफ्नो नाममा दर्ता गराए ।

राजस्थान र हैदराबाद क्रमश आठ र छ अंकका साथ अंक तालिकाको छैठौं र सातौं स्थानमा रहेका छन् । १० खेल खेलेको राजस्थानले चार खेलमा जित निकाल्दा छ खेलमा पराजय भोगेको छ भने नौं खेल खेलेको हैदराबादले छ खेलमा नै पराजित हुँदा तीन खेलमा मात्र जित आत्मसाथ गर्न सकेको छ ।

यदि प्ले अफको सम्भावना जिवित नै राख्ने हो भने दुबै टोलीलाई आजको खेलमा जित निकाल्नै पर्ने हुन्छ । अहिले सम्म कुनै पनि टोलीले प्ले अफमा स्थान बनाइ नकसेको खण्डमा अब हुने सबै खेल महत्वपूर्ण हुनेछ ।

यस अघि भएको पहिलो लेगमा राजस्थानले हैदराबादलाई पाँच विकेटले पराजित गरेको थियो । हैदराबादले दिएको १५९ रनको लक्ष्य राजस्थानले एक बल बाँकी रहँदा पाँच विकेटको नोक्सानीमा जित दर्ता गराएको हो ।

 

Click to comment

Trending