IPL

टस जितेर हैदराबाद पहिले फिल्डिङ गर्दै

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत ४०औं खेलमा राजस्थान रोयल्स विरुद्धको खेलमा सनराईजर्स हैदराबादले फिल्डिङ गर्ने भएको छ । दुबई अन्तरास्ट्रिय क्रिकेट रंगशालामा हैदराबादले टस जितेर राजस्थानलाई ब्याटिङ गर्न लगाएको हो ।

आजको खेलमा राजस्थानले कुनै पनि परिवर्तन गरेको छैन भने हैदराबादले दुई परिवर्तन गरेको छ । चोटका कारण केन विलियमसन टोलीमा समावेस भएका छैनन् भने उनको स्थानमा जेसन होल्डर सुरुवाती ११ मा स्थान बनाउन सफल भएका छन् । त्यस्तै शहबाज नदिमले टोलीमा स्थान बनाउँदा बासील थम्पी टोली बाहिर रहेका छन् ।

राजस्थान र हैदराबाद क्रमश आठ र छ अंकका साथ अंक तालिकाको छैठौं र सातौं स्थानमा रहेका छन् । १० खेल खेलेको राजस्थानले चार खेलमा जित निकाल्दा छ खेलमा पराजय भोगेको छ भने नौं खेल खेलेको हैदराबादले छ खेलमा नै पराजित हुँदा तीन खेलमा मात्र जित आत्मसाथ गर्न सकेको छ ।

यदि प्ले अफको सम्भावना जिवित नै राख्ने हो भने दुबै टोलीलाई आजको खेलमा जित निकाल्नै पर्ने हुन्छ । अहिले सम्म कुनै पनि टोलीले प्ले अफमा स्थान बनाइ नकसेको खण्डमा अब हुने सबै खेल महत्वपूर्ण हुनेछ ।

यस अघि भएको पहिलो लेगमा राजस्थानले हैदराबादलाई पाँच विकेटले पराजित गरेको थियो । हैदराबादले दिएको १५९ रनको लक्ष्य राजस्थानले एक बल बाँकी रहँदा पाँच विकेटको नोक्सानीमा जित दर्ता गराएको हो ।

 

Click to comment

Trending