Headline

रोनाल्डोलाई दोस्रो पटक कोरोना संक्रमण,बार्सिलोना विरुद्धको खेल गुमाउने

Published

on

लगातार दोस्रो पटक कोरोना भाइरसको परिक्षणमा नतिजा पोजेटिभ आए पछि कृष्चियानो रोनाल्डोले युएफा च्याम्पियन्स लिगमा बार्सिलोनासँगको खेल गुमाउने पक्का भएको छ ।

युएफाको कोभिड-१९ प्रोटोकलका अनुसार खेलाडीले खेल हुनु भन्दा एक साता अगाडि नेगेटिभ परीक्षण गर्नु पर्ने हुन्छ तर रोनाल्डोको आज गरिएको परिक्षणमा  नतिजा नेगेटिभ  नआएको कारण उनले च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोना विरुद्धको समूह चरणको खेल गुमाउने पक्का भएको छ ।

एक साता अघि पोर्चुगल फुटबल संघले सुपरस्टार  फुटबलर  क्रिष्चियानो रोनाल्डोलाई कोरोना भाईरस संक्रमण भएको बताएको थियो ।

३५ बर्षिय रोनाल्डोले प्रशिक्षण स्थल छोड्दै आइसोलेसनमा गएका थिए । नेसन्स लिग अन्तर्गत फ्रान्स विरुद्धको खेल सकिए पछि भएको कोरोना भाईरसको परिक्षणजो नतिजामा उनको परीणाम पोजेटिभ आएको थियो ।

दोस्रो चोटी नतिजा पोजेटिभ आए पनि रोनाल्डोले उनलाई कोरोना भाइरसको कुनै पनि लक्षण देखा नपरेको र आफु स्वास्थ्य रहेको बताएका थिए ।

 

Click to comment

Trending