IPL

जित्नै पर्ने खेलमा राजस्थान र हैदराबाद भिड्दै 

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत ४०औं खेलमा राजस्थान रोयल्स र सनराईजर्स हैदराबाद भिड्दै छन् । दुबई अन्तरास्ट्रिय क्रिकेट रंगशालामा हुने खेल अहिले साँझ ७:४५ बजे सुरु हुनेछ ।

राजस्थान र हैदराबाद क्रमश आठ र छ अंकका साथ अंक तालिकाको छैठौं र सातौं स्थानमा रहेका छन् । १० खेल खेलेको राजस्थानले चार खेलमा जित निकाल्दा छ खेलमा पराजय भोगेको छ भने नौं खेल खेलेको हैदराबादले छ खेलमा नै पराजित हुँदा तीन खेलमा मात्र जित आत्मसाथ गर्न सकेको छ ।

यदि प्ले अफको सम्भावना जिवित नै राख्ने हो भने दुबै टोलीलाई आजको खेलमा जित निकाल्नै पर्ने हुन्छ । अहिले सम्म कुनै पनि टोलीले प्ले अफमा स्थान बनाइ नकसेको खण्डमा अब हुने सबै खेल महत्वपूर्ण हुनेछ ।

यस अघि भएको पहिलो लेगमा राजस्थानले हैदराबादलाई पाँच विकेटले पराजित गरेको थियो । हैदराबादले दिएको १५९ रनको लक्ष्य राजस्थानले एक बल बाँकी रहँदा पाँच विकेटको नोक्सानीमा जित दर्ता गराएको हो ।

Click to comment

Trending