Headline

इङ्गल्याण्ड र अमेरिकासँग मैत्रीपूर्ण नखेल्ने अष्ट्रेलियाको निर्णय

Published

on

अष्ट्रेलियाले बेलायतमा इङ्गल्याण्ड र अमेरिकासँग खेल्ने भनिएको दुई मैत्रीपुर्ण खेल कोरोना भाइरसका कारण नखेल्ने निर्णय गरेको छ ।

अष्ट्रेलियन प्रशिक्षक ग्रहम अर्नोल्डको टोली, इङ्गल्याण्ड र अमेरिकासँगको दुई खेल अगाडि प्रशिक्षण शिविरको लागि युरोपमा राष्ट्रिय टोली भेला गर्न तयार रहेको थियो।

यस अघी न्युजल्याण्डसँग खेल्ने भनिएको मैत्रिपूर्ण खेल पनि अन्तिम समयमा आएर नखेल्ने निर्णय लिएको अष्ट्रेलियन फुटबल निकाय साकारोेसले यो पटक पनि इङ्गल्याण्ड र अमेरिकासँगको मैत्रीपूर्ण खेल नखेल्ने निर्णय गरेको हो  ।

“गत हप्ता मात्रै हामीले लन्डनमा दुई मैत्रीपूर्ण खेल खेल्ने योजना राम्रोसँग अगाडि बढाएका थियौँ,”फुटबल फेड्रेसन अष्ट्रेलियाले भन्यो।

“तर कोभिड-१९ को महामारी बढ्दै गएका कारण हामीले दुई मैत्रिपूर्ण खेलहरु नखेल्ने निर्णय लिएका छौँ । एसिया र युरोपबाट खेलाडीहरु बोलाँउदा कोरोना भाईरसको जोखिम बढ्ने हुँदा हामी यस बिषयबाट पछि हट्न लागेका हौँ,”

“मेडिकल टोलीको सुझाव अनुरुप फिफाले युरोपमा क्यालेन्डरको बहेक अन्य फुटबल गतिबिधीहरु नगराउने निर्णय लिएको छ,”

यो दुई खेल पनि नखेल्ने भए पछि २०२० मा अष्ट्रेलियन फुटबल टोलीले एक खेल पनि खेलेको छैन ।

कोरोना भाईरसका २०२१ का लागि सरेको २०२२ विश्वकप तथा एसियन कप छनोटको समुह जीमा रहेको अष्ट्रेलियाले नेपाल,कुवेत र चाइनिज ताइपेको समाना गर्न बाँकी रहेको छ ।

Click to comment

Trending