Headline

अनपेक्षित संकट टार्न क्लासिकोबाट जवाफ दिने पर्खाइमा रियल म्याड्रिड

Published

on

बलियो रक्षापंक्ति र जित्ने अथक इच्छाशक्तिका कारण तीन महिनाअघि मात्र रियल म्याड्रिडले स्पेनिस ला लिगाको उपाधि हात पारेको थियो । तर शनिबार बार्सिलोनाबिरुद्ध सिजनको पहिलो एल क्लासिकोका लागि तयारी गरिरहदा रियल पत्र–पत्र बाहिर निकालिएको टोली हुनेछ ।

गत हप्ता आफ्नो इतिहासमै माथिल्लो श्रेणीमा उक्लिएको काडिजसँग घरेलु मैदानमा पहिलो पटक पराजित भएपछि रियल बुधबार च्याम्पियन्स लिगको समुह चरणको पहिलो खेलमा युक्रेनी क्बल शख्तर दोनेस्कसँग ३–२ ले स्तब्ध हुन पुग्यो ।

च्याम्पियन्स लिगमा लामो इतिहास रहेको शख्तरसँग रियल हार्नै नहुने भने होइन । तर रियल यस्तो शख्तर टोलीसँग हार्न पुग्यो जसको १० पहिलो रोजाइका खेलाडी र ९ स्टाफ कोरोना भाइरसको संक्रमणका कारण सहभागी हुन सकेका थिएनन् ।

गत सिजन मात्रै २५ गोल खाएको रियलको त्यही रक्षापंक्तिबिरुद्ध काडिजले जसरी चाहे अुनरुपको खेल खेल्न सकेको थियो, शख्तरले जिदानको ब्याक लाइनमा बिश्वंस मच्चाउन सकेको थियो र अन्य कुनै रात भइदेको भए अझै बढी गोल गर्ने थियो । पहिलो हाफमा १३ मिनेटको अन्तरमा रियलले तीन गोल खाएको थियो । यो त्यही रियल टोली हो जसको बिरुद्ध गत सिजन कोरोना भाइरसपछि ला लिगा सुचारु भएपछिको ९ खेलमा मात्र तीन गोल गरिएको थियो ।

टिमप्रतिको प्रतिबद्धता र खेलमा एकाग्रता मापन गर्ने कुनै औजार नभएपनि काडिज र शख्तरबिरुद्धका खेलमा केही म्याड्रिडका खेलाडीहरुले आफ्नो धार गुमाएको स्पष्ट देखिन्थ्यो । पासमा सटिकता नुहुनुका साथै बिपक्षी पोस्टमा दवाब बनाउन गरेको ढिलाइ गरेका कारण सुस्त प्रदर्शन गरेको यो रियल टोली जुन र जुलाईको जस्तो पर्फेक्ट छैन ।  “हामी खेलको लगभग सम्पूर्ण पक्षमा कतै–कतै पछि परेका छौ । तर सबैभन्दा महत्वपूर्ण हामी आत्मबिश्वासमा चुक्नु भएन,” जिदानले भने ।

केही हिसाबले यो प्रतिगमन नभएर सधैजसो उपाधि हातमा आउने देखिएपछि उत्कृष्ट बन्दै जाने तर सामान्य दिनहरुमा चुक्ने गरेको रियल पुरानै लयमा फर्किएको हो ।स्पेनको लकडाउनका कारण ध्यान एकतृत हुनु अघि रियल एकै किसिमको प्रदर्शन गर्न चुक्दै संकटबाट गुज्रिरहेको थियो । फेब्रुवरी र मार्चमा आठ मध्ये मात्र तीन खेल जित्दा रियल सेल्टा भिगो, लेभान्ते, रियल बेटिस र रियल सोसिडाडजस्ता टिमहरुबिरुद्ध चुक्न पुगेको थियो ।

बुधबार रियलबिरुद्ध गोल गरेपछि खुशियाली मनाउदै शख्तर दोनेस्कका खेलाडीहरु ।

गत बर्ष यो समयमा रियल मायोर्कासँग पराजित भएको रियललाई ११ खेलमा मात्र पाँचमा जित दिलाउन सकेपछि जिदान बर्खास्त हुने नाजुक स्थिति सम्म पुगेका थिए । तर जिदानले नै रियलको फर्म फर्काउदै बार्सिलोनासँगको रेसलाई कायम राखे र उपयुक्त समयमै आफ्नो उपाधि दाबेदारलाई पछाडी छोडेका थिए ।

ढल्कदो उमेरका खेलाडीहरुको जमात रहेको रियलको टोलीबाट जिदानले सकेसम्म बढी प्रदर्शन निकालेका थिए । रियलको बागडोर सम्हाल्न फर्किएका जिदानले टोली रिफ्रेस हुने बताएपनि दुई बर्षपछि परिस्थिति भने उस्तै रहेको छ ।

बार्सिलोनाले जस्तै रियलले पनि कोरोनाले निम्त्याएको आर्थिक संकटका कारण टोलीमा तिब्र परिवर्तन ल्याइन नसकिने बुझिसकेको छ । स्पेनका प्रमुख क्लबहरुका लागि ट्रान्सफर विन्डो मुख्यत मुल्य घटाउने कसरतको रुपमा रहेको थियो जसले गर्दा उनीहरुको स्तर माथि उठ्न सकेको छैन । एट्लेटिको म्याड्रिड बुधबार बायर्नसँग ४–० ले पराजित हुनु यसको एउटा उदाहरण हो ।

यसको मतलब शनिबारको एल क्लासिको यसअघिको जस्तो क्लासिक नहुन सक्छ तर यो रियलका लागि निकै महत्वपूर्ण छ, र जिदानको लागि पनि ।  एक हप्तामा दुई हार एउटा कुरा हो तर तेश्रो पराजय बेहोर्दा परस्पर प्रतिद्वन्दी बार्सिलोना हुने हो भने यो रियलका लागि बिध्वंसात्मक हुन सक्छ, र ला लिगाको प्रकृयालाई नै परिवर्तन गर्न पनि सक्छ ।

“म प्रशिक्षक हु र मैले समाधान खोज्न सक्नुपर्छ । मैले आज पाउन सकिन र मेरो खेलाडीहरुका लागि निकै गाह्रो पनि भएको थियो,” बुधबारको पराजयपछि जिदानले भने । आफ्नो खेलाडीहरुको शक्ति संचय भइरहेको ज्ञान भएपनि च्याम्पियन्स लिगका खेलहरु आउने केही हप्तामा आइरहेको कारण जिदान यही लयमा गइरहन सक्दैनन् । व्यस्त तालिकाले जिदानबाट टिममा रोटेसनको माग गरे पनि अहिलेको टोलीको सिमिततको बारेमा पनि उनी अनभिज्ञ नभएका होइनन् ।

फर्लान्ड मेन्डीले आफूलाई मार्सेलोको तुलनामा लेफ्ट ब्याक पोजिसनमा भरपर्दो बिकल्प भएको साबित गरेका छन् । कासिमिरो एक मात्र उपयुक्त डिफेन्सिभ मिडफिल्डर रहेका छन् । लुका जोभिचले करिम बेन्जेमाको स्थान लिन सक्दैनन् ।

घुँडाको चोटका कारण शख्तरबिरुद्धको खेल गुमाएका सर्जियो रामोस बार्सिलोनाबिरुद्ध फर्कन पर्ने हो । रियलले रामोसको अनुपस्थितिमा पछिल्लो ८ च्याम्पियन्स लिग खेलहरु मध्ये सात मा पराजय व्यहोरेको छ । यदि जिदानले रामोसको उपस्थितिमा रियलको उत्कृष्ट छनक पाउने हो भने रियलले क्याम्प नोउबाटै पुनरागमन गर्दा अचम्म नमान्दा हुन्छ ।

बार्साको लागि भने घरेलु दर्शकको अुनपस्थितिमै घरेलु टोलीको दवाब कायम गर्नु पर्ने दवाब हुनेछ । र रियललाई आलोचकहरुको मुख थुन्न दवाब हुनेछ । तर लामो समयका लागि भिड्न सक्ने तागत रियलमा रहेकोमा शंक भने कायमै रहेको छ । काडिज र शख्तरले यो साबित त गरिसकेका छन् ।

Click to comment

Trending