Headline

‘हामीले फुटबल खेल्न बिर्सिएका छैनौँ’

Published

on

च्याम्पियन्स लिगमा शख्तार दोनेक्ससँगको लज्जास्पद हार पछि रियल म्याड्रिडका मिड्फिल्डर लुका मोड्रिचले आउने शनिबार हुने एल क्लासिकोमा राम्रो प्रतिस्पर्धा दिने बताएका छन् ।

लगातार दुई खेलमा पराजित रहने क्रममा रियल म्याड्रिड आफ्नो घरएलु मैदानमा काडिजसँग १-० र बुधबार भएको च्याम्पियन्स लिगको खेलमा शख्तार दोनेक्ससँग ३-२ ले पराजित भएको थियो ।

पहिलो हाफमा तीन गोलले पछि परेको म्याड्रिडले दोस्रो हाफमा दुई गोल फर्काए पनि खेललाई बराबरीमा ल्याउन भने असफल भएका थिए ।

“पहिलो हाफमा हामीले प्रतिस्पर्धा नै दिएनौँ,” मोड्रिचले भने। “दोस्रो हाफमा भने थोरै सुधारिएको  प्रदर्शन देखिए पनि हामी खेललाई बराबरी गर्न भने असफल भयौँ,”

“हमीले धेरै सुधार गर्नु पर्ने देखिन्छ, पहिलो हाफ हेर्ने हो भने त हाम्रो टोलीमा अत्मविश्वास नै छैन भने हुन्छ,” मोड्रिच थपे ।

“अब अर्को खेल चाँडो आउँदै छ तर हामीले धेरै गुनासो गर्नु हुन्न, हामीले गुनासो भन्दा केही गरेर देखाउनु छ,”

“अर्को खेलका लागि हामीले फुटबल कसरी खेल्ने बिर्सिएका छैनौँ, हामीले आउने सबै खेलहरु  एक टिमको रुपमा खेल्नु पर्दछ र हामीले आफुमा विश्वास गर्न जरुरी छ ,”
मोड्रिचले भने ।

रियल म्याड्रिडले शनिबार बार्सिलोनाको समाना गर्दै छ ।

Click to comment

Trending