Headline

च्याम्पियन्स लिगः बायर्न सामु एट्लेटिको नीरिह, लिभरपुलको कठिन जित

Published

on

जर्मन महारथी बायर्न म्युखिले च्याम्पियन्स लिगमा शान्दार शुरुवात गर्दै बलियो स्पेनिस टोली एट्लेटिको म्याड्रिडलाई ४–० ले पराजित गरेको छ ।

अलायन्ज एरिनामा भएको खेलमा डिफेन्डिङ्ग च्याम्पियन बायर्न म्युनिखले ला लिगामा यो सिजनको उपाधि दाबेदार टोलीमाथि फराकिलो जित हात पार्दै एक पटक फेरि च्याम्पियन्स लिग जित्न युरोपका अन्य क्लबहरुका लागि सहज नहुने स्पष्ट पारेको छ ।

किंग्स्ले कोमनले २८ औं मिनेटमै अग्रता दिलाएपछि लियोन गोरेज्काले ४१ औं मिनेटमा दोश्रो गोल थप्दै बायर्नलाई पहिलो हाफमा २–० ले अघि पारेका थिए । कोरेन्टिन टोलिस्सोले ६६ औं मिनेटमा तेश्रो र कामनले ७२ औं मिनेटमा अर्को गोल थपेपछि बायर्नको फरकिलिो जित सुनिश्चित भएको थियो ।

२०१८–१९ को च्याम्पियनले डच टोली आयाक्समाथि १–० को कठिन जित रच्दा उसले आत्मघाती गोल उपहार पाएको थियो । ३५ औं मिनेटमा निकोलस टाग्लियाफिकोले आफ्नो पोस्टमा गोल गर्न पुगेका थिए । खेलमा घरेलु टोली आयाक्सले भने उत्कृष्ट प्रदर्शन गरेको थियो तर भाग्य लिभरपलको साथमा थियो ।

अर्को इङ्गलिस टोली म्यानचेस्टर सिटीले इतिहाद स्टेडियममा एफसी पोर्टोलाई ३–१ ले हरायो । खेलमा शुरु देखि नै पकड जमाएपनि १४ औं मिनेटमा लुइस डियाजले पोर्टोलाई १४ मिनेटमै अग्रता दिलाए थिए । ६ मिनेटपछि ने सर्जियो अगुएरोले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए । दोश्रो हाफमा इके गुन्डोगान र फेरान टोरेसले गोल गर्दै सिटीको जित सहज बनाएका थिए ।

इटालियन टोली एट्लान्टाले कमजोर मानिएको डेनिस टोली मिजिल्याण्डलाई ४–० ले हरायो । एट्लान्टाको जितमा डुभान जपाटा, आलेजान्द्रो गोमेज, लुईस मुरिएल र एलेक्से मिरान्चुकले गोल गरेका थिए । फ्रेञ्च टोली मार्से अवे खेलमा ग्रिक क्लब ओलम्पियाकोससँग १–० ले हार्याे ।

अर्को खेलमा इन्टर मिलान जर्मन क्लब बोरुसिया मोइन्चेनग्लाडबाकसँग २–२ गोलको बराबरीमा रोकियो ।

Click to comment

Trending