Headline

च्याम्पियन्स लिगको पहिलो खेलमै रियलको लज्जास्पद हार

Published

on

२०२०/२०२१ च्याम्पियन्स लिग अन्तर्गतको आफ्नो पहिलो खेलमा १३ पटकको च्याम्पियन्स लिग बिजेता रियल म्याड्रिड युक्रेनी क्लब शख्तार दोनेस्कसँग ३-२ ले पराजित भएको छ ।

खेलको २८ औं मिनेटमा  शख्तारका लागि  टेटेले गोल गर्दै अग्रता दिलाएका थिए  । मार्सेलोले गरेको ट्याकलको प्रयास असफल भएपछि भिक्टो कोर्नीएन्कोको पासमा टेटेले गोल गरेका थिए ।

३३ औँ मिनेटमा रियलले दोस्रो गोल खान पुगेको थियो । शख्तारका टेटेले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोलरक्षक कोर्टुवाले रोके पनि रिबाउन्डमा डिफेन्डर राफेल भारानले बल किल्यर गर्ने क्रममा आफ्नै पोस्टमा छिरेको थियो ।

पहिलो हाफको ३ मिनेट बाँकी रहँदा शाख्तरले ३-० को अग्रता लियो । शख्तारका लागि मानोर सोलोमोनले उत्कृष्ट गोल गर्दै टोलीलाई पहिलो हाफमै ३-० को अग्रता दिलेका थिए ।

दोस्रो हाफमा भने रियलले दुई गोल मात्र फर्काउन सफल भएको थियो ।

रियलका लागि ५४ औँ मिनेटमा लुका मोड्रिचले पहिलो गोल गरेका थिए । मोड्रिचले लामो दुरीबाट गरेको प्राहर गोल भएको थियो । ५९ औँ मिनेटमा रियलले दोस्रो गोल गरेको थियो । रियलका लागि मैदान प्रवेश गरेको १० सेकेण्ड पनि नबितेको खेलाडी भिनिसियस जुनइयरले गोल गरेका थिए ।

शनिबारको एल क्लासिकोका लागि रियलका लागि प्रशिक्षक जिदानेले दोस्रो सेटका खेलाडीहरुलाई मैदानमा उतारेका थिए । रियलका लागि कप्तान सर्जियो रामोसको अनुपास्थिती प्रष्ट झल्किएको थियो ।

यता आफ्नो मुख्य एघार खेलाडीलाई कोरोना भाईरसको कारण गुमाएको शख्तारले १० खेलाडी रिजर्भ टोलीको खेलाएको थियो भने ति मद्धे सात खेलाडीको औसत उमेर २१ बर्षको खेलाएको थियो । कमजोर टोली उतारे पनि रियललाई खेल भरी दवावमा राखेको शख्तारले उत्कृष्ट प्रदर्शन गरेको थियो ।

हारसँगै रियल म्याड्रिडले च्याम्पियन्स लिगमा खराब सुरुवात गरेको छ ।

यस्तै अर्को खेलमा भने आरबी साल्जबर्गले लोकोमोटिभ मोस्कोलाई २-१ ले हराएको छ ।

Click to comment

Trending