IPL

बेंगलोर विरुद्ध कोलकाता पहिले ब्याटिङमा

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आफ्नो १०औं खेलमा अंक तालिकाको तेश्रो स्थानमा रहेको रोयल च्यालेन्जर्स बेंगलोर विरुद्ध चौथों स्थानको कोलकाता नाइट राईडर्सले पहिले ब्याटिङ गर्ने भएको छ । शेख जायद रंगशाला, अबुधबीमा कोलकाताका कप्तान ओइन मोर्गनले टस जितेर पहिले ब्याटिंग रोजेका हुन् ।

आजको खेलमा कोलकाताले दुई तथा बेंगलोरले एक मात्र परिवर्तन गरेको छ । कोलकाताले आन्द्रे रसेल र शिवम मावीको स्थानमा टम बान्टन र प्रशिद कृष्णालाई तथा बेंगलोरले शहबाज अहमदको स्थानमा मोहम्मद सिराजलाई सुरुवाती ११ मा स्थान दिएको छ ।

समान ९-९ खेल खेलेका बेंगलोर र कोलकाता क्रमश १२ र १० अंक सहित अंक तालिकाको तेश्रो र चौथों स्थानमा रहेका छन् । यस सिजन बेंगलोरले छ खेलमा जित हात पार्दा कोलकाताले पाँच खेल मात्र आफ्नो पक्ष्यमा पार्न सकेको छ ।

यस अघि भएको पहिलो लेगमा बेंगलोरले कोलकातालाई ८२ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । एबी डि भिलियर्सले ३३ बल खेल्दै पाँच चौका र छ छक्काको मद्धतमा ७३ रन बनाए पछि खेलमा पहिले ब्याटिङ गरेको बेंगलोरले दुई विकेटको नोक्सानीमा १९४ रन बनाउन सक्यो । जवाफी ब्याटिङ गरेको कोलकाताले पुरै २० ओभर खेल्दै नौं विकेटको नोक्सानीमा मात्र ११२ रन बनायो ।

Click to comment

Trending