IPL

आईपीएलमा आज तेश्रो स्थानको बेंगलोर र चौथों स्थानको कोलकाता भिड्दै

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आफ्नो १०औं खेलमा अंक तालिकाको तेश्रो स्थानमा रहेको रोयल च्यालेन्जर्स बेंगलोर र चौथों स्थानको कोलकाता नाइट राईडर्सका बीचमा हुँदैछ । शेख जायद रंगशाला, अबुधबीमा हुने खेल नेपाली समय अनुसार ७:४५ बजे सुरु हुनेछ ।

समान ९-९ खेल खेलेका बेंगलोर र कोलकाता क्रमश १२ र १० अंक सहित अंक तालिकाको तेश्रो र चौथों स्थानमा रहेका छन् । यस सिजन बेंगलोरले छ खेलमा जित हात पार्दा कोलकाताले पाँच खेल मात्र आफ्नो पक्ष्यमा पार्न सकेको छ ।

यस अघि भएको पहिलो लेगमा बेंगलोरले कोलकातालाई ८२ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । एबी डि भिलियर्सले ३३ बल खेल्दै पाँच चौका र छ छक्काको मद्धतमा ७३ रन बनाए पछि खेलमा पहिले ब्याटिङ गरेको बेंगलोरले दुई विकेटको नोक्सानीमा १९४ रन बनाउन सक्यो । जवाफी ब्याटिङ गरेको कोलकाताले पुरै २० ओभर खेल्दै नौं विकेटको नोक्सानीमा मात्र ११२ रन बनायो ।

Click to comment

Trending