IPL

चेन्नाईलाई ठुलो झड्का, ब्राभो आईपीएलबाट बाहिर

Published

on

१३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को अंक तालिकाको पुछारमा रहेको चेन्नाईलाई ठुलो झड्का लागेको छ ।

चेन्नाईका अलराउण्डर ड्वायन ब्राभो आईपीएलको बाँकी खेलहरु खेल्न नसक्ने भएका छन् ।ग्रोइन इन्जुरीबाट ग्रसित भए पछि ब्राभो आईपीएलबाट बाहिरिएका हुन् ।

ब्राभोको दायाँ ग्रोइनमा ग्रेड वानको टियर भए पछि उनले यो सिजनको बाँकी खेल खेल्न नसक्ने भए पछि युएईबाट बिहिबार वेस्ट इन्डिज फर्कने भएका छन् ।

दिल्ली क्यापिटल्स विरुद्धको खेलमा चोट लागे पछि उनले तीन ओभर मात्र बलिङ गर्न सकेका थिए । चोटका कारण नै उनले राजस्थान रोयल्स विरुद्धको खेल पनि गुमाउन परेको थियो ।

ब्राभोले यस सिजन चेन्नाईका १० खेल मध्य छ खेल्न मात्र खेलेका थिए । सुरुवातमा घुँडाको चोटका कारण सुरुवाती खेलहरु खेल्न नसकेका उनले यस सिजन जम्मा छ विकेट मात्र हात पारेका थिए भने तल्लो क्रममा ब्याटिङ गर्दै दुई पारीमा मात्र सात रन बनाउन सकेका थिए ।

सन् २०१८ मा चेन्नाईले ब्राभोलाई छ करोड ४० लाख भारतीय रुपैयाँमा आफ्नो टोलीमा समावेस गरेको थियो ।

Click to comment

Trending