Headline

‘म मेस्सीबाट धेरै कुरा सिक्दै छु’

Published

on

बार्सिलोनाका स्टार युवा खेलाडी अंशु फातीले च्याम्पियन्स लिगमा फेरेन्सभरोसी विरुद्धको खेल पछि आफुले लियोनल मेस्सीसँग धेरै कुरा सिक्दै गरेको बताएका छन् ।

बार्सिलोनाले यस सिजनको च्याम्पियन्स लिगको सुरुवातमा हङेरियन क्लब फेरेन्सभरोसीलाई ५-१ ले हराउदै समुह जीमा सुखद सुरुवात गरेको थियो ।

मेस्सीले उक्त खेलमा २७ औँ मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै लगातार १६ औँ च्यम्पियन्स लिगको खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका थिए ।

खेलमा अंशु फातीले पनि एक गोल गरेका थिए । उनले १८ बर्ष नपुग्दै दुई सिजन च्याम्पियन्स लिगमा दुई गोल गर्ने पहिलो खेलाडी पनि बनेका छन् ।

१७ बर्षिय फातीले खेल सकिए पछि मेस्सीको खुबै तारिफ पनि गरेका थिए ।

“मेस्सी भनेका मेस्सी नै हुन्,” फातीले भने । “उनी जस्तो सुकै स्थानबाट पनि गोल गर्न सक्छन्।”

“हामी उनलाई टोलीमा पाउदा निकै खुशी छौँ र म उनीसँग धेरै कुरा सिक्दै छु । आजको खेल जितेका छौँ आशा गरौँ सबै खेल जित्ने छौँ,” फतीले थपे ।

धेरै फुटबल विश्लेषकहरुले फाती मेस्सीको स्तरमा पुग्न सक्ने खेलाडी रहेको बताउदै आएका छन् ।

बार्सिलोनाले आउने शनिबार रियल म्याड्रिडसँग नेपाली समय अनुसार ७:१५ मा एल क्लासिको खेल्दै छ ।

Click to comment

Trending