Headline

धोनीको छनोटलाई लिएर पुर्व बिश्वकप बिजेताले गरे खरो आलोचना

Published

on

भारतका पुर्व बिश्वकप बिजेता क्रिस श्रीकान्तले चेन्नई सुपर किंग्सका कप्तान महेन्द्र सिँह धोनीको खेलाडी छनोट गर्ने प्रकृयालाई लिएर खरो आलोचना गरेका छन् ।

धोनीको चेन्नई जारी इण्डियन प्रिमियर लिगमा १० मध्ये ७ खेलमा पराजित हुदै प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको छ । चेन्नई आफ्नो चार खेल जितेर मात्र नभएर अन्य खेलहरुको परिणाम पनि आफु अनुकुल निक्लनु पर्ने स्थितिमा आइपुगेपछि श्रीकान्तले धोनीको टिम सेलेक्सनलाई हास्यास्पद र फोहोरी भनेका छन् ।

“धोनीले के गर्न चाहिरहेका छन् ? उनी भन्छन् एन जग्दिशनमा त्यो चमक देखिएन तर स्कुटर (केदार) जाधवमा चाही के चमक छ र ? यो निकै हास्यास्पद छ । उनको यो जवाफ म स्विकार गर्न सक्दिन । टिम प्रकृयाको कुरा गर्दै गर्दा चेन्नईको लागि त प्रतियोगिता नै समाप्त भइसकेको छ,” श्रीकान्तले स्टार स्पोर्ट्सलाई दिइएको एक अन्तर्वार्तामा भनेका छन् ।

“प्रकृयालाई लिएर धोनीले जे भनिरहेका छन् त्यो म स्विकार्न सक्दिन । उनले कुरा गरिरहेको प्रकृया अर्थहीन छ । उनी खाली प्रकृयाको कुरा गरिरहन्छन् तर यहा त सेलेक्सनको प्रकृया नै पूर्ण रुपमा गलत छ,” राजस्थान रोयल्ससँग पराजय बेहोरेपछि चेन्नाईले आईपिएलमा सातौं खेल हार्दा श्रीकान्तले भने ।

धोनीले राजस्थानसँग पराजित भइसकेपछि दिइएको अन्तर्वार्तामा युवा खेलाडीहरुले टिममा स्थान बनाउने गरि चमक नदेखाएको प्रतिकृया देखाएका थिए । धोनीले यसो भनिरहदा जग्दिशनमात्र युवा खेलाडी थिए जसले टिममा एक पटक स्थान बनाए । अर्का युवा खेलाडी साम कुरान भने नियमित रुपमा टोलीमा रहेका छन् ।

जग्दिशनले रोयल च्यालेन्जर्स बैंगलोर बिरुद्धको खेलमा ३३ रन बनाएका थिए तर त्यसपछि भने उनले स्थान पाएनन् । “अब दवाब नरहेको भन्दै धोनीले युवा खेलाडीहरुलाई स्थान दिने बताउछन् । म यो फोहोरी छनोटको प्रकृया नै बुझ्न सकिरहेको छैन । उनले जग्दिशन म के चकम देखेनन् र जाधव र पियुस चावलामा देखे ?,” श्रीकान्तले प्रतिप्रश्न गरे ।

Click to comment

Trending