Headline

च्याम्पियन्स लिग:पिएसजी म्यानचेस्टर युनाइटेडसँग पराजित,चेल्सी बराबरीमा रोकियो

Published

on

च्याम्पियन्स लिग २०२०/२०२१ को पहिलो खेलमै फ्रेन्च क्लब पेरिस सेन्ट जर्माइन इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग २-१ ले पराजित भएको छ ।

खेलमा भएका तीन वटै गोल युनाइटेडका खेलाडीले गरेका थिए । युनाइटेडका लागि ब्रुनो फर्नानडेज र मर्कस रासफोर्डले गोल गरेका थिए भने पिएसजीका लागि पनि युनाइटेडका खेलाडी अन्थोनी मार्सियालले आत्मघाती गोल गरेका थिए ।

खेलमा पहिलो गोल म्यानचेस्टर युनाइटेडले पेनाल्टी मार्फत गरेको थियो । खेलको २३ औँ मिनेटमा युनाइटेडका लागि कप्तान ब्रुनो फर्नानडेजले गोल गर्दै खेलमा १-० को अग्रता दिलाएका थिए । पहिलो हाफ १-० को अग्रताले नै सकाएको युनाइटेडले दोस्रो हाफमा भने अत्मघाती गोल खान पुगेको थियो ।

खेलको ५५ औँ मिनेटमा पिएसजीका लागि युनाइटेडका खेलाडी मार्सियालले अत्मघाती गोल गरे पछि खेल १-१ को बराबरीमा पुगेको थियो ।

८७ औँ मिनेटमा भने फर्वार्ड मर्कस रासफोर्डले उत्कृष्ट गोल गर्दै युनाइटेडलाई फेरी अग्रता दिलाएका थिए । पल पोग्बाको पसालाई सदुपयोग गर्दै रासफोर्डले गोल गरेका थिए ।

जितसँगै युनाइटेडले च्याम्पियन्स लिगको नयाँ सिजनको सुरुवात सुखद गरेको छ ।

अर्को खेलमा भने चेल्सीले सेभियासँग  गोलरहित  बराबरी खेलेको छ ।

सेभियाको अगाडि निकै कम्जोर देखिएको चेल्सीले खेलमा पाएको मौकालाई सदुपयोग गर्न नसक्दा गोल रहित बराबरीमा रोकिनु परेको थियो ।

यस्तै अन्य खेलहरुमा आरबी लाइपजिगले इस्तानाबुल बशिक्शेरलाई २-०,लाजियोले बोरुसिया डर्ट्मण्डलाई ३-१ र बार्सिलोनाले फेरेन्सभरोसलाई ५-१ ले हराएको छ  भने रेनेस र क्रासनोडरले १-१ को बराबरी खेलेका छन् ।

Click to comment

Trending