Headline

बार्सिलोनाको च्याम्पियन्स लिगमा सुखद सुरुवात

Published

on

२०२०/२०२१ च्याम्पियन्स लिग सिजनको पहिलो खेलमा बार्सिलोनाले फेरेन्सभरोसलाई ३-१ गोलले हराएको छ ।

बार्सिलोनाको जितमा लियोनल मेस्सी,अंशु फाती र फिलिपे कौटिनिहो, पेड्री र ओस्मन डेम्बेलेले एक-एक गोल गरेका थिए भने फेरेन्सभरोसका लागि इहोर खार्तिनले एक गोल गरेका थिए ।

बार्सिलोनाका लागि पहिलो गोल पेनाल्टी मार्फत लियोनल मेस्सीले गरेका थिए । फेरेन्सभरोसका डिफेन्डरले मेस्सीलाई डि बक्स भित्र लडाए पछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै २७ औँ मिनेटमा बर्सिलोनाले पहिलो गोल गरेको थियो । गोलसँगै मेस्सी कप्तानको भूमिकामा खेल्दै सर्वधिक च्याम्पियन्स लिग गोल गर्ने पहिलो खेलाडी पनि बनेका छन् ।

बार्सिलोनाका लागि दोस्रो गोल अंशु फातीले ४२ औँ मिनेटमा गरेका थिए ।

पहिलो हाफमा २-० ले अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा एक गोल थपेको थियो । ५२ औँ मिनेटमा फिलिपे कौटिनिहोले गोल गर्दै बार्सिलोनालाई ३-० को स्थितीमा पुर्याएका थिए ।

६८ औँ मिनेटमा भने बार्सिलोनाका जेराड पिकेले फेरेन्सभरोसका खेलाडीलाई डि बक्स भित्र लडाउदा रातो कार्ड खादै मैदान छोड्नु परेको थियो । ७० औँ मिनेटमा भने फेरेन्सभरोसले एक गोल गरेको थियो । इहोर खार्तिनले पेनाल्टी मार्फत गोल गर्दै खेललाई ३-१ को स्थितीमा पुर्याएका थिए ।

८२ औँ मिनेटमा भने युवा खेलाडी पेड्रीले चौथोँ गोल गरेका थिए । पाँचौं गोल भने ओस्मान डेम्बेलेले ८९ औँ मिनेटमा गरेका थिए। पाँचौं गोलसँगै बार्सिलोनाले ५-१ को सहज जित पाएको थियो।

जितसँगै बार्सिलोनाले समुह जिमा तीन अंक जोडेको छ । आजै भएको समुह जिको अर्को खेलमा युभेन्टसले डाइनामो किएभलाई २-० गोलले हराएको थियो ।

 

Click to comment

Trending