Headline

मोराटाको दुई गोलमा युभेन्टसको च्याम्पियन्स लिगमा बिजयी सुरुवात

Published

on

२०२०-२०२१ च्याम्पियन्स लिगको आफ्नो पहिलो खेलमा युभेन्टसले डाइनामो किएभलाई २-० ले हराएको छ ।

युभेन्टसका लागि दुवै गोल नयाँ खेलाडी अल्भारो मोराटाले गरेका थिए ।

पहिलो हाफ गोल रहित बराबरी सकिएको खेलमा दोस्रो हाफमा भने पहिलो मिनेटमै गोल भएको थियो । खेलमा पहिलो गोल युभेन्टसका लागि अल्भारो मोराटाले गरेका थिए ।

४६ औँ मिनेटमा मोराटाले युभेन्टसका लागि पहिलो गोल गरेका थिए । डेजन कुलुसेभस्कीले प्राहर गरेको बललाई डाइनामो किएभका गोलकिपर हिहोरिही बुसचानले पन्च गरे पनि डिबक्स भित्र रहेका अल्भारो मोराटाले ट्याप इन गर्दै गोल गरेका थिए ।

खेलमा दोस्रो गोल मोराटाले हेडिङ मार्फत गरेका थिए । ८४ औँ मिनेटमा कोलम्बियन विङर युवान क्वाडराडोको क्रसमा मोराटाले उत्कृष्ट हेडिङ गर्दै युभेन्टसलाई २-० को जित दिलाएका थिए ।

युभेन्टसले खेल सँगै तिन अंक हात पारेको छ ।

अर्को खेलमा भने जेनेटलाई क्लब बुर्गले २-१ ले हराएको छ ।

Click to comment

Trending